निर्मला डाँगी
नेपालगन्ज ९ असोज : भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याएको राँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १ मा भारतबाट अबैध रुपमा राँगा ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा अन्दाजी एक लाख ५० हजार मुल्य बराबरको ६ जिउ राँगा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मधुसुधन न्यौपानेले जानकारी दिए ।
बेवारिसे अवस्थामा रहेका उक्त राँगा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
यसअघि पनि असोज १ गते बाँके प्रहरीले भारतबाट अबैधरुपमा नेपाल भित्र्याईएको ४ वटा जिउँदो रागाँ नियन्त्रणमा लिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुर नजिक बेवारिसे अवस्थामा रहेका ती राँगा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको थियो । चाडबाड नजिकिएसंगै अबैध सामान ओसारपसार पनि बढ्दोछ ।
दशैंको मुखमा नेपाल–भारत सीमा नाका हुँदै अबैध रुपमा राँगा तस्करी हुने क्रम बढेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । रागाँ तस्करी बढेपनि प्रहरीले राँगा तस्करलाई समाउन सकेको छैन ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही