नेपालगन्ज १० असोज : नेपाल राष्ट्रिय उद्योग वाणिज्य संगठन बाँकेमा तेज प्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
होटेल व्यवसायी रेग्मीको अध्यक्षतामा भुपराज भण्डारी उपाध्यक्ष, तारा रोकाया उद्योग उपाध्यक्ष, नन्दराम जोशी वाणिज्य उपाध्यक्ष, डिला तिवारी महिला उपाध्यक्ष र सुनिल बानिया उपाध्यक्ष चयन भएका छन् ।
शनिबार भएको तेस्रो अधिवेशनबाट सर्वसम्मतरुपले चयन भएको कार्यसमितिमा दशरथ चन्द महासचिव, गोपाल प्रसाद अधिकारी उपमहासचिव, कोषाध्यक्षमा सालिकराम परियार, विकास बुढाथोकी, छविलाल विष्ट, इश्वर नाथ योगी र नरेन्द्र दरेल चयन भएका छन् ।
संगठनको कार्यसमिति ५१ जनाको रहने भएपनि अहिले ४८ जना चयन गरिएको निवर्तमान महासचिव विष्णुप्रसाद खनालले जानकारी दिए । गतवर्ष नै गर्नुपर्ने अधिवेशन कोरोनाका कारण एक वर्ष ढिलो हुन गएको उनले बताए ।