नेपालगन्ज १० असोज : नेपाल राष्ट्रिय उद्योग वाणिज्य संगठन बाँकेमा तेज प्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
होटेल व्यवसायी रेग्मीको अध्यक्षतामा भुपराज भण्डारी उपाध्यक्ष, तारा रोकाया उद्योग उपाध्यक्ष, नन्दराम जोशी वाणिज्य उपाध्यक्ष, डिला तिवारी महिला उपाध्यक्ष र सुनिल बानिया उपाध्यक्ष चयन भएका छन् ।
शनिबार भएको तेस्रो अधिवेशनबाट सर्वसम्मतरुपले चयन भएको कार्यसमितिमा दशरथ चन्द महासचिव, गोपाल प्रसाद अधिकारी उपमहासचिव, कोषाध्यक्षमा सालिकराम परियार, विकास बुढाथोकी, छविलाल विष्ट, इश्वर नाथ योगी र नरेन्द्र दरेल चयन भएका छन् ।
संगठनको कार्यसमिति ५१ जनाको रहने भएपनि अहिले ४८ जना चयन गरिएको निवर्तमान महासचिव विष्णुप्रसाद खनालले जानकारी दिए । गतवर्ष नै गर्नुपर्ने अधिवेशन कोरोनाका कारण एक वर्ष ढिलो हुन गएको उनले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही