नेपालगन्ज ११ असोज : बर्दियाको गुलरिया नगरपालिकामा चितुवाको आक्रमणबाट २२ वटा खसी बाख्रा मरेका छन् ।
गुलरिया नगरपालिका– ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा गएराति चितुवाले आक्रमण गरेको हो ।
पौडेलले सञ्चालन गरेको फर्ममा गएराति एक चितुवा पसेर २२ वटा खस बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोछ । प्रहरीका अनुसार मानवीय क्षती भने हुन सकेन ।
पछिल्लो समय बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणका घटना बढेर आएकोछ । बर्दियाका विभिन्न स्थानमा पाटेबाघ,चितुवा, हात्ति र बँदेलको आतंक लामो समयदेखि जारी छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही