गुलरियामा एकै दिन चितुवाले २२ वटा खसी–बाख्रा खायो


गुलरियामा एकै दिन चितुवाले २२ वटा खसी–बाख्रा खायो

नेपालगन्ज ११ असोज : बर्दियाको गुलरिया नगरपालिकामा चितुवाको आक्रमणबाट २२ वटा खसी बाख्रा मरेका छन् ।

गुलरिया नगरपालिका– ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा गएराति चितुवाले आक्रमण गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पौडेलले सञ्चालन गरेको फर्ममा गएराति एक चितुवा पसेर २२ वटा खस बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोछ । प्रहरीका अनुसार मानवीय क्षती भने हुन सकेन ।

पछिल्लो समय बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणका घटना बढेर आएकोछ । बर्दियाका विभिन्न स्थानमा पाटेबाघ,चितुवा, हात्ति र बँदेलको आतंक लामो समयदेखि जारी छ ।