बाँकेका पत्रकारलाई पोखरामा बञ्जी जम्प गर्न ५० प्रतिशत छुट


बाँकेका पत्रकारलाई पोखरामा बञ्जी जम्प गर्न ५० प्रतिशत छुट

नेपालगन्ज १३ असोज : पोखरास्थित बञ्जी नेपाल एड्भेन्चर्स प्रालिले साहसिक बञ्जी खेलका लागि बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको विशेष पहलमा यहाँका पत्रकारले यस्तो सुविधा पाएका हुन् । यसका लागि बञ्जी नेपाल एड्भेन्चर्स प्रालि र नेपाल पत्रकार महासंघ बाँकेबीच बुधबार नै सम्झौता भइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

साहसिक बञ्जी खेल प्रबद्र्धन गर्नका लागि नेपालगन्ज आएका एड्भेन्चर्स प्रालिका अध्यक्ष सन्तोष भट्टराई र महासंघ अध्यक्ष भण्डारीबिच सम्झौता पत्रमा हस्ताक्षरण भएको हो । बञ्जी नेपाल एड्भेन्चर्स प्रालिको बञ्जी जम्प गर्न अन्य ब्यक्तिले ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यसभित्र फोटो, भिडियो, टिसर्ट लगायत सुविधा पनि रहेको सो कम्पनीले जनाएको छ ।

तर, सम्झौता अनुसार बाँकेका पत्रकारले अब ३ हजार रुपैयाँ मात्र शुल्क तिर्नेछन् । ‘पोखरामा बन्जीजम्प गर्न चाहने पत्रकारले महासंघको सिफारिस लिएर गएमा ५० प्रतिशत छुट सुविधा पाउने छन्,’ सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो सम्झौताबाट कार्य ब्यस्तताका बीच विदा मनाउने क्रममा बञ्जी खेल्न अभिरुची राख्ने पत्रकारलाई सहयोग त पुग्ने नै छ, साथै पर्यटन प्रबद्र्धनका लागि नेपालगन्ज–पोखराबीच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने आशा राखिएको छ ।’