नेपालगन्ज १४ असोज : अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड केएफसीले नेपालगन्जमा नयाँ शाखा स्थापना गरेको छ । नेपालगन्जको भुजइगाउँ स्थित भाटभटेनी सुपरमार्केट प्राङ्गणमा केएफसीले नयाँ शाखा विस्तार गरेको हो ।
नेपालगन्जमा केएफसी आएसंगै अब केएफसीका विभिन्न चिकेन परिकारहरु नेपालगन्जमै सहजै पाइने भएकोछ ।
केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टको रुपमा परिचित छ । नयाँ आउटलेटको मेन्यूमा केएफसीका विभिन्न चिकेन परिकार जस्तैः हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकार राखिएको छ ।
नेपालगन्जको भाटभटेनी सुपरमार्केटमा स्थापना गरिएको केएफसीको भोली शुक्रबार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिदैछ । उद्घाटनसंगै केएफसीले पहिलो २ सय ग्राहकलाई केएफसी गुडिज र थप एक हजार ग्राहकलाई २५० एमल पेप्सी फ्रि दिनेछ ।
विदेशबाट भित्र्याइएको कुखुराको मासुबाट केएफसीका परिकार बनाइन्छ । केएफसीका परिकार भण्डारण, उत्पादन लगायतका कार्यमा अत्यन्त सावधानी अपनाउँदै यसको गुणस्तरता, स्वच्छतता र पोषकमा ध्यायन दिइएको हुन्छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही