नेपालगन्जमा वडाबाटै राजश्व संकलनको तयारी


नेपालगन्जमा वडाबाटै राजश्व संकलनको तयारी

नेपालगन्ज १५ असोज : नेपालगन्ज उप–महानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ ।

शुक्रबार जिआईजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको सूचना प्रविधी तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखिकरणको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भईरहेका केही राजश्व संकलनको कार्य वडा कार्यालयबाट हुने जानकारी दिइन् ।

‘उपमहानगरपालिका सूचना प्रविधीमैत्री बन्ने प्रयास गरिरहेको छ’, उपप्रमुख मगरले भनिन्–‘कर्मचारी र जन प्रतिनिधीसँगै सेवाग्राही पनि सूचना प्रविधिमैत्री हुन जरुरी छ ।’ सूचना प्रविधीको प्रयोगसँगै तथ्यांकको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम वर्माले वडा तहबाट राजश्व संकलनको काम गर्नका लागि इन्टरनेटसँगै इन्ट्रानेट जडान भईसकेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले अहिलेको समय सूचना प्रविधीको रहेको भन्दै प्रभावकारी कार्य सम्पादनका लागि सूचना प्रविधी अत्यावश्यक रहेको बताइन् ।

जिआईजेडका निराजन सुवेदीले सेवा प्रवाहमा सूचना प्रविधीको प्रयोगले सहजता ल्याउने बताए ।