नेपालगन्ज १५ असोज : ईन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले बडादशैंमा आफ्ना ग्राहकहरुलाई विशेष प्याकेजसहित ‘भायानेट बडा दशैंमा, बडा स्पिड, बडा टीभी अफर’ ल्याएको छ ।
कम्पनीले उक्त योजनाअन्तर्गत साविक मूल्यमै बढी स्पिड भएको इन्टरनेट र भाया टीभी प्याकेज उपलब्ध गराउने भएको छ । साथै, ३२ र ५५ इञ्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने कम्पनीले जनाएको छ ।
‘यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भाया टीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भाया टीभी प्याकेजसँगै एमआई एण्ड्रोइड टीभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टीभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।’
चाडपर्वको अवसरमा घरको लागि प्रायःनयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर यो अफर ल्याएको भायानेटले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही