भायानेटको ‘दशैंमा बडा स्पिड, बडा टीभी’ अफर


भायानेटको ‘दशैंमा बडा स्पिड, बडा टीभी’ अफर

नेपालगन्ज १५ असोज : ईन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले बडादशैंमा आफ्ना ग्राहकहरुलाई विशेष प्याकेजसहित ‘भायानेट बडा दशैंमा, बडा स्पिड, बडा टीभी अफर’ ल्याएको छ ।

कम्पनीले उक्त योजनाअन्तर्गत साविक मूल्यमै बढी स्पिड भएको इन्टरनेट र भाया टीभी प्याकेज उपलब्ध गराउने भएको छ । साथै, ३२ र ५५ इञ्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने कम्पनीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘यस अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भाया टीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै, भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भाया टीभी प्याकेजसँगै एमआई एण्ड्रोइड टीभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टीभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।’

चाडपर्वको अवसरमा घरको लागि प्रायःनयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर यो अफर ल्याएको भायानेटले जनाएको छ ।