बर्दियामा दशैं कप फुटबल प्रतियोगीता शुरु


बर्दियामा दशैं कप फुटबल प्रतियोगीता शुरु

बर्दिया १६ असोज : दशैं कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा श्रीकृष्ण युवा समुह विजयी भएकोछ । श्रीकृष्णले आयोजक रामजानकी युवा क्लब(बी)लाई २–१ गोलले पराजित गर्दै विजयी यात्रा शुरु गरेको हो ।
बर्दियाको मधुवन नगरपालिकामा भइरहेको खुल्ला फुटबल प्रतियोगीतामा २५ वटा समुहबीच प्रतिस्प्रर्धा हुनेछ ।

बिजया दशमीको अवसरमा रामजानकी युवा क्लव मधुवन बर्दियाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीताको उदघाटन गर्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेशाबहादुर क्षेत्री (कृष्ण)ले खेलाडी र खेलकुद क्षेत्रको विकास र प्रर्बद्धनमा नगरपालिका लागि परेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भने सफलता प्राप्तका लागि कडा मेहनत र अनुशासन आवश्यक हुन्छ । सबै अनुशासित भइ जिम्मेवार बने विकास र समृद्धिमा फड्को हान्न बेर लाग्दैन । नगरप्रमुख क्षेत्रीले नगरमा लुकेर रहेका खेलाडीहरुको पहिचान र मनोबल बृद्धिका लागी नगरले यस्ता खालका कार्यमा थप सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

आयोजक रामजानकी युवा क्लबका अध्यक्ष धनीराम गौतमको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगीतामा विजेता, उपविजेता र उत्कृष्ट खेलाडी लगायलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक क्लवका सदस्य विनय थापाले जानकारी दिए । प्रतियोगीता फिफाको नियम अनुसार भइरहेकोछ ।