सुबिसु ‘दक्षिणा अफर’ : इन्टरनेट छ साथमा, दक्षिणा हातमा


सुबिसु ‘दक्षिणा अफर’ : इन्टरनेट छ साथमा, दक्षिणा हातमा

नेपालगन्ज २३ असोज : नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३ हजार ९ सय ९९ मै प्राप्त गर्नसक्नेछन् । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नसक्ने सुविसुले जनाएकोछ ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी ई–सेवा मार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्नसक्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘उपाहार’ प्रयोग गर्नुपर्ने छ । चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुने सुविसुले जनाएकोछ ।

सुबिसुका बारेमा :

Kanti Aarogya Hospital Nepalgunj

सुबिसु केबलनेट लिमिटेडले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीका बारेमा :

क्लियर टिभी सुबिसु केबलनेट लिमिटेड, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो ।
यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो । जसले एमपीइजीफोर स्टाण्डर्ड डेफिनेसन र हाइ डेफिनेसन च्यानलहरु केबल मार्फत, कन्डिसनल एक्सेस सिस्टमको प्रयोग गरि सेट टप बक्सकोे माध्यमबाट प्रसारण गर्दछ ।