टिसीएलको ‘क्यास ब्याक र बम्पर उपहार’ योजना


टिसीएलको ‘क्यास ब्याक र बम्पर उपहार’ योजना

नेपालगन्ज २३ असोज : इलेक्ट्रोनिक्स ब्राण्ड टिसीएलले नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षितगर्दै ‘यस दशैं तिहार, टिसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टिसीएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । रु ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसीएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस योजना अन्तर्गत टिसीएलका विभिन्न सामानहरु जसमा एलइडि टिभीको खरिदमा रु ५८ हजार ७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा रु २० हजार १०० रुपैयाँ सम्मको, एसिको खरिदमा रु ५१ हजार ५०० रुपैयाँ सम्मको साथै रु ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा रु ४ हजार २ सय रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ । साथै टिसीएलले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

टिसीएलका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसीएलएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नम्बर लेखि ३१००१ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना यही भदौ २७ गतेदेखि सिमित अवधिका लागि लागू गरेकोछ । टिसीएल ब्राण्डको अधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्र्गत सिजीइओएल रहेको छ ।