झडपमा १६ प्रहरीसहित ३२ जना घाईते
नेपालगन्ज २४ असोज : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएका समूहसँगको झडप हुदाँ सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएकाछन् । यद्यपी यो समाचार तयार पार्दासम्म मृतकको पहिचान खुलिसकेको छैन ।
मोतीपुर झडपमा गोली लागि गम्भीर घाइते भएका मध्ये उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा चार जनाको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म प्राप्त खबर अनुसार घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।
बुटवल प्रहरीका अनुसार यतिबेला उक्त झडपमा परि घाइते मध्ये मेडिकल कलेजमा ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । भने लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १६ जना सर्वसाधारण र १६ जना प्रहरी गरि जम्मा ३२ जना घटनामा घाइते भइ उपचारत रहेका छन् ।
आईतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा झडप भएको थियो । अवस्था नियन्त्रण बाहिर पुगेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।
मोतीपुरको झडपपछि अवस्था असामान्य बनेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आईतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।
पूर्वमा तिनाउ नदी (बुटवल–१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भाग (धन्दापुर सौंरहिया)सम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि आईतबार सशस्त्र प्रहरीले गोली चलाएको थियो । रुपन्देही प्रशासनले यतिबेला बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेकोछ ।
यो पनि पढ्नुहोस्
झडपपछि अवस्था असामान्य बनेपछि मोतिपुर क्षेत्रमा कर्फ्यू जारी
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन