जुम्ला २ कार्तिक : जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् ।
मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गरे ।
चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गरे । वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही