किसानलाई तत्काल राहत कार्यक्रम घोषणा गर : मानवअधिकार संगठन


किसानलाई तत्काल राहत कार्यक्रम घोषणा गर : मानवअधिकार संगठन

नेपालगन्ज ४ कार्तिक : बेमौसमी वर्षासंगै आएको बाढीपहिरोबाट प्रभावितका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न नेपाल मानव अधिकार संगठन माग गरेको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत संगठनले मर्कामा परेका कृषकहरूलाई लक्षित गरी अविलम्व ‘कृषि राहत कार्यक्रम’ घोषणा गर्न माग गरेको हो ।

संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले जारी गरेको विज्ञप्तिमा विपद्मा राज्यबाट सहयोग पाउनु नागरिको अधिकार भएको र विपद्मा मानव अधिकारको विश्वव्यापी मान्यताअनुरूप व्यक्तिको जीवन, धनको सुरक्षा, आधारभूत आवश्यकताको पूर्ति गर्न सरकारसमक्ष अपील गरिएको छ ।

‘विगत ४ दिनदखि सुरु भएको र नसोचिएको अविरल वर्षाका कारण करिब ८ दर्जन सर्वसाधारणले जीवन गुमाउनु परेको, तीन दर्जन बेपत्ता र दर्जनौ घाइते भएको दुखःद् घटनाप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्न भण्डार मानिएका झापा, मोरङ लगायतका जिल्लामा भित्र्याउन ठिक्क पारेको धानवाली नष्ट भएको छ । मुलुकको ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने धानबाली नष्ट हुनु पनि त्यतिकै दुःखद् छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

संगठनले जलवायू परिवर्तन र विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभरी नै यसअघि कहिल्यै नदेखिएका प्रकोप र घटनाहरू भइरहेका बताएको छ ।