नेपालगन्जसहित तीन शहरका सडकमा रुख रोप्ने योजना छ : वनमन्त्री हमाल


नेपालगन्जसहित तीन शहरका सडकमा रुख रोप्ने योजना छ : वनमन्त्री हमाल

नेपालगन्ज ४ कार्तिक : लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलमा त्यसै सढेर गइरहेको काठको उचित ब्यवस्थापन गर्न आफुले कर्मचारीलाई निर्देशन दिइसकेको बताएकाछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार आफ्नै कार्यालयमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै वनमन्त्री हमालले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री हमालले काठ, दाउराको अहज आपुर्ती गर्न जंगलमा सढेर गइरहेका काठको ब्यवस्थापन गर्ने योजनामा प्रदेश वन मन्त्रालय रहेको बताए ।

‘मैले कर्मचारीलाई भनिसकेको छु, जतिपनि काठ जंगलमा गल्ने अवस्थामा रहेका छन्, काटेर राखेका दाउरा छन्, तुरुन्त लगत लिएर बिक्री गर्ने प्रक्रिया थाल्नुस्,’ उनले अगाडी थपे ‘यदी प्रदेश सरकारले लिलाम गर्न सक्छ, भने प्रदेश सरकारले गर्छ, सक्दैन भने संघीय सरकारले गर्नुपर्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

लुम्बिनी प्रदेशका ठुला तीन शहरका सडकमा रुख रोप्ने योजना प्रदेश सरकारको भएको हमालले सुनाए । भन्सार शुल्क सम्बन्धी कुरा संघीय सरकार अन्तर्गत भएकाले सो बारे आफुले संघीय सरकार समक्ष पहल गर्ने धारणा राखे ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पटक–पटक नेपालगन्जले आश्वासन मात्रै पाइरहेको दुखेसो पोखे ।

नेपालगन्जलाई प्रदेशको राजधानीबाट बञ्चित गरिएको उनले सुनाए । ‘सुरेन्द्र दाई मन्त्री हुनु भएको छ, यहाँको विकासका लागि दाईले अवश्य पनि काम गर्नुहुनेछ,’ उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवम् नेपाल जडिबुटी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारीले मन्त्री हमालसँग आफुहरुले धेरै आशा राखेको बताउदै बाँकेसहित लुम्बिनी प्रदेशको लागि उदाहरणीय काम गरेर देखाउने विश्वास ब्यक्त गरे ।

सोक्रममा सहभागि नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, ब्यवसायीहरु बसन्त लामिछाने, टंक धामी र मोहम्मद सरिफ बागवान लगायतले ब्यवसायीक समस्या, जटिलता र अबरोधका बारेमा वनमन्त्री हमाललाई सुझाव दिएका थिए ।