अर्थमन्त्री शर्मा र फ्रान्सका राजदूत गिल्सबीच भेट


अर्थमन्त्री शर्मा र फ्रान्सका राजदूत गिल्सबीच भेट

नेपालगन्ज ८ कार्तिक : नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकाछन् ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नुहुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बोर्बाओलाई आग्रह गरे ।

कोभिड महामारीको असर कम हुन नपाउदैँ नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।