File Photo
नेपालगन्ज ९ कार्तिक : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औं बार्षिकत्सवको अबसरमा देशभर बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकोछ ।
सांग्रिला बैंकले देशभर रहेका आफ्ना सम्पुर्ण शाखाहरुमार्फत आज दिनभर विभिन्न स्कुल तथा क्याम्पसहरुमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
यसै क्रममा नेपालगन्ज क्षेत्र अन्तर्गतका १६ ओटै शाखा कार्यालयबाट समेत सो कार्यक्रम सञ्चालन भइरहेको सांग्रिला बैंक नेपालगन्जका बैंकका म्यानेजर जयन्द्र खड्काले जानकारी दिए ।
म्यानेजर खड्काका अनुसार बैंकले बाँकेस्थित होप ईन्टरनेशनल स्कुल, नेपालगन्ज, ड्रिमल्यान्ड स्कुल राँझा, आइडियल पब्लिक स्कुल रानी तलाउ, ध्रुबतारा बिद्यामन्दिर स्कुल, रिमझिक चोक, नेपाल रास्ट्रिय मावि कोहलपुरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।