बलेवा(बागलुङ) ९ कार्तिक : बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।
वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’ उनले भने, ‘‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’
जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ । धान पछिको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् । यसबर्ष धेरै बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’ उनले भने, ‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’
ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाइएको छ । स्थानीय जातका तुलनामा विकसित जातका कोदोमा धेरै क्षति धेरै भएको छ । ‘विवरण सङ्कलनको काम भैरहेको छ, अहिलेसम्म लगाइएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘भित्र्याउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिइएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन् ।’
जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु परेको बताइएको छ । अन्य बालीका तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले जानकारी दिए । ‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् । बारीको कोदोको कसैलाई वास्ता हुँदैन’ उनले भने, ‘कोदोकै भरमा वर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’ खेत प्रार्याप्त नभएका पानी कम लाग्ने टारीमा कोदो खेती गर्ने चलन छ ।
जिल्लामा ५ हजार ८ सय हेक्टर जमिनमा लगाइएको धानमध्ये एक सयदेखि दुइसय हेक्टरको हाराहारीमा धानबाली नष्ट भएको छ । साठी प्रतिशत खेतमा लगाइएको धान ढलेको केन्द्रको तथ्याङ्क छ । ‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’ उनले भने, ‘अब वर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नु पर्दैन् ।’
जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको जनाइएको छ । नहर तथा सिंचाइको सुविधा भएका फाँटमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाइएको धानमा बढी क्षति भएको छ । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी