नेपालगन्ज १५ कार्तिकः जिल्ला प्रहरी कार्यालय दाङले जुवाखालमा छापा हान्दा चार लाख बढी नगदसहित २० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर– १४ रझेनामा आईतबार राती घरमा भइरहेको जुवा खालमा छापा मारेर २० जना जुवाडेलाई पक्राउ गरेको हो ।
रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख(एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घोराहीको रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताएका छन् ।
घरमा कौडा खेलिरहेको अवस्थामा जुवाको खालबाट दाङ घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षका रुपलाल बिक, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षका मानबहादुर बुढा मगर, ५० वर्षका रगेन्द्र श्रेष्ठ, घोराही १५ का ५७ वर्षका शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज ओली, घोराही १४ का २९ वर्षीय लालबहादुर अमललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी घोराही ५ का ५७ वर्षका नवीन पछाइ, घोराही १५ का ५७ वर्षीय महावीर ओली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, घोराही ४ गोग्लीका ६२ वर्षका श्रीधर अधिकारी, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षका विकास खत्री, सोही उमेरका प्रमोद गौतम, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षका यज्ञ खड्का, सोही वडाका २४ वर्षका कमल घर्ती, घोराही १९ का ५६ वर्षका ईश्वर रायमाझी र घोराही १६ निवासी ३४ वर्षीय रवि गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तिविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी प्रवक्ता(डिएसपी) मुकुन्द रिजालले बताए । जुवा भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट करिव तीन किलोमिटर उत्तरमा पर्छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरस्थित एक घरमा छापा हान्दा एमाले र काँग्रेसका नेतासहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो ।
यो पनि पढ्नुहोस्
जुवाखालमा प्रहरीको छापा : भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटने रातवसहित एमाले र काँग्रेस नेता पक्राउ
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी