चाडबाडमा वर्षेनी सडक ‘कब्जा’ गरेर ब्यापार, सरोकारवाला तैँचुप मैँचुप


चाडबाडमा वर्षेनी सडक ‘कब्जा’ गरेर ब्यापार, सरोकारवाला तैँचुप मैँचुप

नेपालगन्ज १७ कार्तिकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भित्रिएसँगै नेपालगन्जको मुख्य व्यापारिक केन्द्र सदरलाईन बजारमा सेवाग्राहीको चाप ठेलमठेल छ ।

कोरोना भाइरस कहरकैबीच पछिल्ला दुई दिनमा सेवाग्राहीको चाप उल्लेख्य रुपमा बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । यतिबेला नेपालगन्ज बजार तिहारका सामग्रीहरुको प्रदर्शनीले झकिझकाउ बनेको छ ।

विशेष गरि नेपालगन्जको व्यस्त सदरलाईन बजारको बीच सडकमै ठेला, टेबुल राखेर व्यापारीहरुले भाडावर्तन, फलफूल, भाइमसाला, रंगोलीलगायतका सामग्रीहरु बिक्रीवितरण गर्न थालेपछि सेवाग्राहीहरुलाई हिँड्नै सकस भएको छ । यो समस्या भने नेपालगन्जका लागि नयाँ र नौलो होइन । वर्षेनी चाडबाडमा यसरी नै नेपालगन्जको सडक कब्जा हुने गर्छ ।

अझ सडकपेटीमा नै बसेर फुटपाथ पसल राखेर व्यापार गर्दा त्रिभुवन चोकदेखि उत्तरतर्फ त्रिवेणी मोडसम्मको सडकमा आवजाउमा सर्वसाधरणले सास्ती भोग्दै आएकाछन् । व्यस्त बजारमा सडकको बीच भागमा पसल थापेर गरिएको व्यापारले ट्राफिक जाम समेत भएकोछ । जसका कारण पैदल यात्रुहरुलाई समेत आवतजावतमा हम्मेहम्मे परेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोभिडका कारण व्यापार नहुँदा निराश बनेका व्यवसायीहरुलाई उपभोक्ताको बाक्लो उपस्थितीले राहत महसुस भएपनि चाडपर्वको मौका पारेर फुटपाथ व्यवसायीहरुले सडक कब्जा गरि र सडकपेटीमा नै सामान राखेर बिक्री गरिरहेका छन्, अव्यवस्थित व्यापार व्यवस्थापनका लागि भने नेपालगन्ज उद्योग वाणिज्य संघ मौन रहदै आएकोछ ।

यसअघि सडकपेटी र सडक कब्जा गरेर गरिने व्यापार व्यवसायलाई व्यवस्थापन गर्ने भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले उद्घोष गर्दै प्रतिवद्धता समेत ब्यक्त गरेको थियो । तर, संघको उद्घोष र प्रतिवद्धता व्यवहारमा कार्यान्वयन अझैं हुन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको गैरजिम्मेवारीका कारण वर्षेनी सर्वसाधरणले सास्ती भोग्नुपरेको हो ।

चाडपर्वअघि फुटपाथ व्यवसाय सञ्चालन गर्न कडाइ गर्ने नेपालगन्ज उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय यतिबेला तैचुपमैचुप छ । यसअघि अव्यवस्थित फुटपाथ हटाउनका लागि नगर प्रहरीहरु बिहानदेखि बेलुकासम्म परिचालन गरिन्थे ।

नेपालगन्जमा दशैं, तिहार, तीज, होली, ईद, बकरिद, छठ पर्व लगायतका चाडबाडमा स्थानीय ब्यवसायीहरुले उक्त सडक यसरी नै कब्जा गरेर ब्यापार गर्दै आएका छन् । यसले सो सडक भएर आवतजावत गर्ने सर्वसाधरणलाई सास्ती हुनेगरेकोछ । तर, पनि स्थानीय प्रशासन, उद्योग बाणिज्य संघ र नेपालगन्ज उपमहानगरापालिकाले यस्ता चाडबाडमा खोलिने ब्यापार ब्यवसायको दीर्घकालिन ब्यवस्थापनमा खासै चासो नदिदाँ स्थानीय ब्यापारीहरु सडकमै ब्यापार गर्न बाध्य छन् ।

सम्बन्धित निकायले यसअघि पटक–पटक चाडबाडको बेला गरिने यस्ता पसल निश्चित स्थानमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म उक्त प्रतिबद्धता अनुसार ब्यवसायीको व्यवस्थापन हुन सकेको छैन । सडक कब्जा गर्नुको विकल्प ती ब्यापारीसंग नभएको स्थानीय जानकार बताउँछन् ।