राप्तीसोनारी(बाँके) २४ कार्तिक : बाँकेको राप्ती सोनारी गाउँपालिकामा कृषि औजार मेशिन प्रयोग गर्ने कृषक र जनप्रतिनीधिबीच आज अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कृषि औजार मेशिन प्रयोग गरेर ब्यावसायिक कृषि पेशा गरिरहेका कृषक र जनप्रतिनीधिबीच दिगो माग सृजनाकालागि गाउँपालिका स्तरिय परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
शिशा परियोजनाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अधुनिक तरिकाले खेती गर्न चाहने कृषकलाई गाउँपालिकाको तर्फबाट प्रत्येक बर्ष कृषि औजार मेशिन अनुदानमा उपलब्ध गराई रहेको जानकारी दिए ।
अध्यक्ष थारुले गाउँपालिकालाई पूर्ण रुपमा कृषि यान्त्रीकरण गर्ने योजना अनुरुप नयाँ नयाँ यन्त्र उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यस्तै विशिष्ट अतिथी उपाध्यक्ष धनी कुमारी खत्रीले कृषि बाटै समृद्ध गाउँपालिका बनाउने तर्फ आफूहरु लागिपरेकाले कृषि पेशामा लाग्न चाहने युवाहरुलाई बिशेष प्रोत्साहन गर्दै आएको बताईन् ।
शिशा परियोजनाका खड्ग जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी कृषकहरुले स्थानीय पालिकाले दिने अनुदानका सामाग्री कतिपय वास्तविक कृषकले पाउन नसकेको गुनासो गरेका थिए ।
मेशिन अनुदान दिएपनि सहकारी मार्फत दिने भएकाले प्रक्रियामा ढिलाईका कारण समयमा पाउन नसकेको उनीहरुको गुनासो गरेका थियो । बाँकेमा कोभिडका कारण अन्य देशबाट रोजगारी गुमाएका ५० जना युवाहरु हाल कृषि मेशिनरी औजार प्रयोग गरेर ब्यावसायीक खेती गर्नुका साथै अन्य कृषकलाई पनि सेवा दिईरहेकाछन् ।
कोभिडका कारण रोजगारी गुमाएका युवाहरुलाई युएसए आईडी, सिमिट ईन्टरनेश्नल नेपाल, आईडिई नेपाल लगायतका संस्थाहरुको सहकार्यमा शिशा परियोनाले कृषि यन्त्र प्रयोगमा प्रोत्साहन गर्नुका साथै सहुलियत कर्जा उपलब्ध गराउन सहयोग गर्दै आएको छ ।
आईडीई नेपालका राजकिशोर राय यादवले कृषकको समय र लागत कम गर्ने र युवा पुस्तालाई आधुनिक कृषि ब्यावसायमा प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको बताए ।
राप्ती सोनारीमा गाउँपालिका वडा नम्बर –३ का अध्यक्ष गंगाराम थारु, वडा नम्बर –४ का अध्यक्ष कान्छा थारु, पालिदका अन्तर्गत आधुनिक कृषि पेशामा लागेका कृषकहरु सहभागी कार्यक्रममा शिशा परियोजनाका सचिन मेघनाथले सहजीकरण गरेका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही