प्रदेश विकास बैंक स्थापना गर्ने सहकारी मन्त्री खड्काको उद्घोष

बाँके मै अग्रस्थानमा साकार सहकारी


प्रदेश विकास बैंक स्थापना गर्ने सहकारी मन्त्री खड्काको उद्घोष

नेपालगज २६ कार्तिक : लुम्बिनीप्रदेशकाआर्थिक मामिलातथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश विकास बैंक स्थापना गर्ने बताएकाछन् । नेपालगन्जमा शुक्रबार आयोजित साकार कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री खड्काले किसानहरुको समस्या हल गर्न तथा प्रदेश भित्र हुने सबै बित्तिय कारोबारका लागि प्रदेश विकास बैंकको प्रस्ताव अघि सारेको बताएका हुन् ।

उनले भने –‘सरकारले किसानहरुलाई निश्चित प्रतिशतमा ऋण प्रवाह गर्न भनिरहेको छ, तर वाणिज्य बैंकहरुले जब सम्म कालो पत्रे र मुख्य सडकसँग जोडिएको देख्दैनन् तब सम्म विना धितो उनीहरुले ऋण दिँदैनन् ।’ प्रदेशको स्वाधिन अर्थतन्त्र निर्माण गर्नको निम्ती एउटा बैंकको आवश्यकता हो भन्ने महसुस गरेर राष्ट्र बैंकको मातहतमा रहेर सञ्चालन गर्ने गरी प्रदेश बैंक स्थापनाको योजना अगाडी सारेको उनको भनाई थियो ।

‘मर्यादित ब्यावसाय र प्रविधिमा सहकारी’ भन्ने नारालाई तत्काल कार्यान्वयनमा ल्याउन सक्ने अवस्था नरहेपनि लुम्बिनी प्रदेशले तत्काल प्रदेश अन्तर्गतका सबै सहकारीलाई आईटी सफ्टवेरमा अपडेट गर्ने र विभिन्न किसिमका प्रशिक्षण दिएर प्रदेशसँग जोड्ने कार्यक्रम गरिरहेको उनले बताए ।

उनले भने –‘जबसम्म देशलाई परम्परागत ढङ्गका निर्माणमूखि अर्थतन्त्रबाट उठाएर औद्योगिकरण र यान्त्री करणमा लैजाँदैनौं, ब्यावसायिकरणमा लैजाँदैनौं, उत्पादनमा तिब्रता दिँदैनौं तबसम्म सोंचेको समाजवाद हाँसिल गर्न सक्दैनौं र जनाताको समृद्धि र विकास गर्न सक्दैनौं ।’ स्थानीय स्तरमै एउटा पूँजी निर्माण गरेर उद्योग सञ्चालन गरि रोजगारी सृजना गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका १०९ वटा पालिकाहरुसँग पनि छलफल गरिरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

सहकारीका अध्यक्ष मनोज कुमार मौर्यको अध्यक्षतामा भएको साधारण सभालाई सम्बोध नगर्दै लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले राज्यसँग पहुँच नभएका किसानहरुलाई कृषि सहकारीहरुले ठूलो सहयोग पु¥याईरहेको बताईन् ।

दुर्गम क्षेत्रमा स्थापना भएर पनि अहिले जिल्लाकै अग्रणी सहकारीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको भन्दै उनले साकार सहकारीको प्रशंसा गरिन् । दुरदराजमा रहेका किसानले अझैं सरकारबाट सहुलियत पाउन सकेको अवस्था छैन, उनले भनिन् – ‘म आफै प्रदेश सांसद हुँ तर पनि बाँके क्षेत्र नम्बर–१ मा संघ र प्रदेशबाट आउने बजेटमा कमी भएको महसुस गर्दै आएको छु ।’ संसद विकास कोषबाट खर्च हुने रकम आफ्नो निर्वाचन क्षेत्रको विकासमा खर्च गरेको उनको दावी थियो ।

सहकारी सघं लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुबेदीले साकार सहकारी जिल्लाकै अग्रणी सहकारीको रुपमा स्थापित भईसकेको बताउँदै साकार जस्तै अन्य सहकारीहरुले काम गरे मुलुकमा आर्थिक समृद्धि आउन धेरैसमय नलाग्ने जिकिर गरे ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर–६ टेपरीमा २०६८ सालमा स्थापना भएको साकार कृषि सहकारी संस्थाले हाल बाँकेका सबै स्थानीय तहमा कार्य क्षेत्र विस्तार गरिसकेको छ । नेपालगन्ज, कोहलपुर, कचनापुर र बैजापुर क्षेत्रमा सेवा केन्द्र स्थापना गरि लघुवित्तको कार्यक्रमका साथै सहकारीले रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।

संस्थाले १० औं साधारण सभामा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट शेयर सदस्य साथै सहकारीसगं आवद्ध विभिन्न निकाय तथा व्यक्तिलाई सम्मान समेत गरेको थियो । संस्थाले साधारसभामा यस वर्ष खुद नाफाबाट संरक्षित पूँजि फिर्ता कोष कारोबारका आधारमा अधिकतम २० हजार र सेयर लाभांश प्रति सेयर १३ प्रतिशतका दरले वितरण गर्न प्रस्ताव गरेको थियो ।

त्यस्तै सहकारीले बचतको कारोबार गर्ने भएकाले यस वर्ष कुल १७ करोड ४० लाख ५० हजार ५ सय ४६ संकलन गरेकोमा १४ करोड ४० लाख ७ सय २१ फिर्ता गरेको र ८ करोड १७ लाख ८३ हजार ४ सय ४८ बचत बाँकी रहेको जनाएको छ । संस्थाले १८ करोड ९९ लाख ७५ हजार ३ सय ५४ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

हाल ५५८२ जना सदस्य संख्या रहेको सहकारीले सदस्यहरुको सामाजिक, साँस्कृतिक, आर्थिक तथा पारिवारिक विकास गरि खुशी र सुखी बनाउने उद्देश्य बोकेको सहकारीका अध्यक्ष मनोज कुमार मौर्यले जानकारी दिए । बित्तिय कारोबारसँगै साकार कृषि सहकारीले बिउ विजन उत्पादन तथा विक्रि वितरणको काम पनि गर्दै आएको छ । सहकारीको १० औं वार्षिक साधारण सभाले लेखा समितिको संयोजक परिवर्तन गरेर सूर्य प्रकाश घर्तिलाई चयन गरेको छ ।