हिन्दू र मुस्लिम समुदायबीच भएको झडप साम्य नभएपछि जनकपुरमा निषेधाज्ञा अवधि बढाइयो


हिन्दू र मुस्लिम समुदायबीच भएको झडप साम्य नभएपछि जनकपुरमा निषेधाज्ञा अवधि बढाइयो

नेपालगन्ज २८ कार्तिक : जनकपुरधाममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अवधि थप गरिएकोछ । प्रदेश– २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको देवपुरा रुपैठा क्षेत्रमा हिजो शनिबारदेखि जारी निषेधाज्ञा अवधि थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिमबीचको विवाद अझै साम्य नभइसकेकाले निषेधाज्ञा अवधि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आईतबार निषेधाज्ञाको अवधि थप गरेका हुन् ।

हिन्दू र मुस्लिमबीच भएको झडपले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बन्दा आईतबार राती १० बजेसम्मको लागि लगाइएको निषेधाज्ञालाई बढाएर मंगलबार राति १० बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा बढाइएको जानकारी दिए । पूर्वमा जलाद नदीको कर्ली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो पनि पढ्नुहोस्

जनकपुरमा हिन्दू र मुस्लिम समुदायविच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी