नेपालगन्ज २८ कार्तिक : जनकपुरधाममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अवधि थप गरिएकोछ । प्रदेश– २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको देवपुरा रुपैठा क्षेत्रमा हिजो शनिबारदेखि जारी निषेधाज्ञा अवधि थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिमबीचको विवाद अझै साम्य नभइसकेकाले निषेधाज्ञा अवधि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आईतबार निषेधाज्ञाको अवधि थप गरेका हुन् ।
हिन्दू र मुस्लिमबीच भएको झडपले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बन्दा आईतबार राती १० बजेसम्मको लागि लगाइएको निषेधाज्ञालाई बढाएर मंगलबार राति १० बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा बढाइएको जानकारी दिए । पूर्वमा जलाद नदीको कर्ली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यो पनि पढ्नुहोस्
जनकपुरमा हिन्दू र मुस्लिम समुदायविच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए