नेपालगन्ज ९ मंसिर : बाँकेको खजुरा गाउँपालिकामा फेरि गाई काटिएको पाइएको छ । खजुरा गाउँपालिका वडा नम्बर– ५ उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा प्रहरीले गाईको मासुसहित २ जनालाई नियन्त्रणमा लिएको छ । घटना बुधबार विहान ४ बजेतिरको हो ।
ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीबाट गएको प्रहरी टोलीले उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा काटिएको अवस्थामा एउटा गाईको टाउकोसहित अन्दाजी ३० किलो गाईको मासु र गाई काटेर भाग लगाइरहेका २ जनालाई नियन्त्रणमा लिइएको हो ।
सेतोखरीसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीका प्रहरी निरीक्षक वसन्त आचार्यले भने–‘उढरापुरमा गाई काटेर भाग लगाइरहेको खबर पाएपछि हाम्रो टोली घटनस्थलमा गई भाग लगाउँदै गरेको गाईको मासु र २ जनालाई नियन्त्रणमा लिएका हौं ।’
प्रहरीले गौबद्ध(गाई काट्ने) गरि भाग लगाइरहेका उढरापुरका अन्दाजी ४० वर्षिय नकिम बहेना र अन्दाजी ४२ वर्षिय हकिम बेहनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक आचार्यले भने–‘गाईको मासुसहित पक्राउ परेका दुवैजनामाथि अनुसन्धान चलिरहेको र उनीहरुलाई हिजो नै गौबद्ध मुद्दामा मुद्दा दर्ता गरि कारबाही अघि बढाएका छौं ।’
प्रहरी निरीक्षक आचार्यले पक्राउ परेको दुवैजना यसअघि पनि गौबद्ध मुद्दामा पक्राउ परि धरौटीमा छुटेको भन्ने बुझिएकोछ । यद्यपी उनीहरुले भनेको तथ्य रेकर्डमा भिडान गर्न बाँकी छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एमब डिएसपी मधुसुदन न्यौपानेले जिल्लामा गौबद्ध गर्ने गराउनेमाथि प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको बताए ।
उनले भने –‘जिल्लामा सम्भावित गौबद्ध हुने क्षेत्रमा हाम्रो निरन्तर निगरानी भइरहेकोछ । गौबद्धमा संलग्न जोकोहीलाई यो या त्यो बहानामा उन्मुक्ति पाउँदैन । यसमा तत्काल हामी एक्सन लिन्छौं ।’
बाँकेको खजुरा र नरैनापुरक्षेत्रमा विगतदेखि नै निर्वाधरुपमा गाई काट्ने गरिन्छ । यो घटना भने पहिलो होइन । स्थानीय प्रशासन र प्रहरीको सक्रियता नभएकै कारण ती क्षेत्रमा निर्वाधरुपमा गाई काट्ने कार्य हुदैँ आएकोछ ।
नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । गौबद्ध गर्ने गराउनेलाई कडा कारबाही समेत हुने गर्दछ । भने गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको भरमा समेत यी क्षेत्रमा गाई गोरु समेत काटिने गरेको हो ।
यहाँबाट काटिएका गाई र गोरुका मासु प्याकेजिङ्ग गरि देशका पोखरा, काठमाण्डौं लगायतका ठूला सहरमा विक्री वितरण हुँदै आएकोछ । यतिमात्र होइन केही वर्ष पहिले बाँकेका खजुरा र नरैनापुर क्षेत्रमा काटिएका गाई र गोरुको मासु नेपालगन्जका विभिन्न होटल, रेष्टूराँमा समेत अन्य मासुसंग मिसाएर विभिन्न परिकार बनाई बेच्ने गरेको तथ्य बाहिरीएपछि ठूलै हंगामा भएको थियो ।
केही समय पहिले बाँकेको खजुरा गाउँपालिकाको रनियापुर क्षेत्रमा गाई काट्दै गरेको अवस्थमा स्थानीय युवाहरुले विरोध गरेपछि ठूलै दुई पक्षबीच झडपको समेत परिस्थिती सिर्जना भएको थियो ।
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?