गौबध मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ


गौबध मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ

नेपालगन्ज ९ मंसिर : बाँके प्रहरीले गौबध मुद्दाका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेकोछ । बाँकेको नरैनापुर–६ बस्ने ४२ वर्षिय अन्जली अलि दर्जी र २१ वर्षका असगर अलि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

गौबध मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७७ चैत्र ९ गते भएको फैसलाले २ महिना २९ दिन कैद तोकिएकोमा उनीहरु हालसम्म फरार रहेका थिए । गौबध मुद्दामा फरार रहेका दर्जीद्वयलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले आज (बिहीबार) पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

यो पनि पढ्नुहोस्

Kids Festival 2022
kanti aarogya hospital

खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ