नेपालगन्ज ९ मंसिर : बाँके प्रहरीले गौबध मुद्दाका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेकोछ । बाँकेको नरैनापुर–६ बस्ने ४२ वर्षिय अन्जली अलि दर्जी र २१ वर्षका असगर अलि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
गौबध मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७७ चैत्र ९ गते भएको फैसलाले २ महिना २९ दिन कैद तोकिएकोमा उनीहरु हालसम्म फरार रहेका थिए । गौबध मुद्दामा फरार रहेका दर्जीद्वयलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले आज (बिहीबार) पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
यो पनि पढ्नुहोस्
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही