प्रहरीले जाहेरी नलिएपछि बेपत्ता परिवार पुगे उच्च अदालत


प्रहरीले जाहेरी नलिएपछि बेपत्ता परिवार पुगे उच्च अदालत


नेपालगन्ज : सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले न्यायको लागि प्रहरी समक्ष दिएको जाहेरी दर्ता नभएपछि अदालत पुगेका छन् । उनीहरु अदालत पुगी जाहेरी दर्ता गरेका छन् ।


वेपत्ता व्यक्तिका आफन्तले बाँके र बर्दियाका सरकारी वकिल र प्रहरी प्रमुखविरुद्ध सोमवार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा उजुरी दर्ता गराएका हुन् । बाँकेका चन्द्रकला उप्रेती र देवीसरा विक, बर्दियाका देविसरा वली र पदम थारुले बाँके र बर्दियाका प्रहरी प्रमुख तथा सरकारी वकिलले आफुहरुले दिएको जाहेरी दर्ता गर्न इन्कार गरेको भन्दै उच्च अदालतमा उजुरी दर्ता गराएको एडभोकेसी फोरम बाँकेका संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।


उप्रेती, विक, वली र थारुले सशस्त्र द्वन्दकालमा आफ्ना आफन्त वेपत्ता पारिएको र अहिलेसम्म अवस्था सार्वजनिक नभएको भन्दै दोषीमाथि अनुसन्धान र कारवाहीको माग गर्दै गत भदौमा प्रहरी समक्ष जाहेरी दर्ता गराउन गएका थिए ।


२ वर्षमा काम सक्ने गरी गठन भएका बेपत्ता छानबिन तथा सत्य निरूपण आयोगले ६ वर्ष वितिसक्दा पनि हाल सम्म कुनै उपलब्धीमुलक काम गर्न नसकेको भन्दै बाँकेका दुईजना बेपत्ता पीडित परिवारले नेपालमै पहिलो पटक गत भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता गरेन् । सरकारी वकिलले समेत जाहेरी दर्ता गर्न इन्कार गरे । त्यसपछि उनीहरु उच्च अदालत पुगेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add


दोलखा चरीकोट नाम्दु १ घर भई हाल नेपालगन्ज १ धम्वोझीमा बस्दै आएकि चन्द्रकला उप्रेतीले वि.स २०६० सालमा वेपत्ता पारीएका श्रीमान भुपेन्द्रराज उप्रेतिको अवस्था सार्वजनीक गर्नुपर्ने माग गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज ईजालासमा जाहेरी दिएकी छन् ।


उच्च अदालतमा मुद्दा दर्ता भएपछि न्याय पाउने केही आशा पलाएको उप्रेतीले बताईन् । यहि मंसिर २६ गते पेशी तोकिएको छ, छलफलकालागि पक्कै बोलाउँछ होला उनले भन् ि। उच्च अदालतबाट न्याय नपाए सर्बाेच्चसम्म पुग्ने चेतावनी दिँदै उप्रेतिले भनिन् –‘या लाश, या सास, हुनुहुन्छ भने यहाँ हुनुहुन्छ, हुनुहुन्न भने यसरी मारियो भनेर यत्ति जानकारी दिए हुन्थ्यो तर आज सम्म कुनै जानकारी पाएका छौनौं त्यसैले प्रहरी र सरकारी वकिल कार्यालय हुँदै उच्च अदालत सम्म आएका हौं । ’


कोहलपुर ११ कालिकानगरकि देवीसरा विकले हाल सम्म मानव अधिकारकर्मीको साथ पाउँदै आएको तर न्याय पाउन नसकेको भन्दै दुःख व्यक्त गर्छिन् । सरकारले तत्काल यो घटनामा वार कि पार लगाउनुपर्ने उनको माग छ ।


द्धन्द्धकालमा सबैभन्दा बढि साविकको मध्यपश्चिमान्चल विकास क्षेत्र प्रभावित भएको थियो । सो क्रममा बाँकेमा ६५ जना वेपत्ता भएका थिए भने अन्य जिल्लाबाट बसाइ सरी आएका गरेर १ सय रहेको तत्थ्यांक छ । यस्तै, बर्दियामा २ सय ४० वेपत्ता भएका थिए । यसअघि २०६४÷०६५ सालमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जिल्लाका ८ जना हत्या पीडितले जाहेरी दिएपनि प्रहरीले अनुसन्धान अगाडी बढाउन नसकेको अधिकारकर्मीहरु बताउँछन् ।