क्यान्सर अस्पताल खजुरामा बिदाको दिनमा ८ वटा अप्रेशन


क्यान्सर अस्पताल खजुरामा बिदाको दिनमा ८ वटा अप्रेशन

क्यान्सर अस्पताल खजुरामा बिरामीको अप्रेशन गरिदैँ । तस्विर सौजन्य : कृष्ण अधिकारी / सेतोखरी

नेपालगन्ज २६ मंसिर : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शनिबार एकै दिनमा ८ जना बिरामीको अप्रेशन भएको छ । पाठेघर सम्बन्धी समस्या भएका बाँके बर्दिया, सुर्खेत कैलाली र कञ्चनपुरका ८ जना महिलाको अप्रेशन भएको हो ।

शनिबार अर्थात बिदाको दिनको समेत प्रबाह नगरी क्यान्सर अस्पतालमा चिकित्सकहरुले बिहान सवा सात बजे देखि राती साढे ११ बजे सम्म ८ जना महिलाको अप्रेशन गरेका अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यले बताए ।

८ जना मध्ये ५ जनाको दुरपिन प्रबिधिबाट र ३ जनाको खुल्ला अप्रेशन गरिएको हो । लामो समय देखि पाठेघरमा समस्या भएका १७ देखि ४८ वर्ष उमेरमा महिलाहरुको अप्रेशन गरेर उपचार गरिएको हो । अप्रेशन गरिएका मध्ये ४ जना अबिबाहित महिला हुन् । उनीहरुको पाठेघरको शिष्टको अप्रेशन गरिएको हो भने अन्य बिबाहित बिरामीको पाठेघर नै अप्रेशन गरेर फालिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

क्यान्सर अस्पतालले देशका अन्य अीपतालको तुलनामा निक्कै कम शुल्क लिएर बिरामीहरुलाई अप्रेशन सेवा प्रदान गर्दै आएको छ । पाठेघरमा समस्या भएका बिरामीहरुबाट २० हजार शुल्क लिएर अप्रेशन गरिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

बिरामीहरुको अप्रेशनमा अस्पतालका कार्यकारी निर्देशक आचार्य, सहित भक्तपुरको नेपाल कोरिया अस्पतालमा कार्यरत गाइने अंकोलोजिष्ट सर्जन डाक्टर शुरेश कायस्थ, क्यान्सर अस्पतालमा कार्यरत गाइने अंकोलोजिष्ट सर्जन डाक्टर इन्द्रनिल घोस, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कार्यरत स्त्रीरोग बिशेषज्ञ डाक्टर दुर्गा बिसी, डाक्टर होमनाथ अधिकारी, डाक्टर मोहित झा सहित १५ जना स्वास्थ्यकर्मीको टिम परिचालन भएको थियो ।

क्यान्सर अस्पतातल खजुराले एक वर्षको अबधिमा ४ सय २५ जना बिरामीको अप्रेशन गरेर सफलतापुर्बक उपचार गरि सकेको छ । उपचार सेवा बिस्तार हुदैँ गएपछि पछिल्ला दिनहरुमा क्यान्सर अस्पताल खजुरा प्रति बिरामीको बिश्वास समेत बढ्दै गएको छ ।

क्यान्सर अस्पतालेले शल्यक्रिया सेवा सुरु गरेपछि स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामीहरु लाभान्वित भएका छन ।

एक सय बेडको स्वीकृति पाएको अस्पतालले हाल ६० बेड सञ्चालन हुदै आएको छ । सरकारी स्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

थप समाचार

खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

क्यान्सर अस्पतालमा जनशक्ति र उपकरण थपिने : स्वास्थ्य राज्यमन्त्री

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर