नेपालगन्ज एयरर्पोट व्यवस्थित गर्न प्रर्दशन


नेपालगन्ज एयरर्पोट व्यवस्थित गर्न प्रर्दशन

नेपालगन्ज २८ मंसिर : राँझा विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलबार शान्तिपूर्ण प्रदर्शन गरिएकोछ । नेपालगन्जस्थित राँझा विमानस्थलको गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म प्रदर्शन गरिएको हो ।

असल शासन क्लव बासको अगुवाइमा विमानस्थल असुरक्षितसँगै व्यवस्थापन अस्तव्यस्त भएको भन्दै शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

विमानस्थल क्षेत्रको झाडी सफाइ नहुँदा जंगली जनावरहरु विमानसँंग पटकपटक ठोक्किने गरेका छन् । अहिलेसम्म ठूलो क्षती नभएपनि जोखिम उच्च देखिएको छ । नागरिक उडड्यन कार्यालयले विमानस्थललाई आकर्षक र सुरक्षित बनाउन चासो नै नदिएको शाहले बताए ।

बासले विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी राख्नुपर्ने, तत्काल झाडी सफाइ गर्नुपर्ने, पार्किङलाई व्यवस्थित गराउनुपर्नेलगायतका माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिनुका साथै विमानस्थलका प्रमुख सुवास झालाई ज्ञापनपत्र बुझाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

ज्ञापनपत्र बुझ्दै विमानस्थलका प्रमुख झाले अन्य विमानस्थलको तुलनामा नेपालगञ्ज विमानस्थल सुरक्षीत रहेको दाबी गरे । जनावर र चरा ठोकिने समस्या नेपालका सबै बिमानस्थलको रहेको बताउँदै उनले हाल नेपालगञ्ज विमानस्थलमा झाडी बुट्यान सफाई गरेर दुर्विन सहितको शिकारी खटाइएको जानकारी दिए ।

विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी पनि रहेको र बाहिरबाट सोचेअनुसार असुरक्षित नरहेको प्रमुख झा ले जिकिर गरे ।

विमानस्थलको तर्फबाट सुरक्षाको सबै उपाय अपनाएका छौं उनले भने ’ मुख्य समस्या भनेको स्थानीयबासीले समय समयमा तार जाली काट्दीन्छन्, अनि फेरी बाहिरबाट जनावरहरू रनवे सम्म आईपुग्छन् ।’

थप समाचार

वन्यजन्तुबाट बचाउन विमानस्थलको झाडी सफाइ

हुम्लाका लागि उड्दै गरेको विमानसंग ठोक्किदा ३ वटा बँदेल टुक्राटुक्रा भए, डेढ घण्टापछि विमानस्थल पुनः सुचारु