नेपालगन्ज २८ मंसिर : राँझा विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलबार शान्तिपूर्ण प्रदर्शन गरिएकोछ । नेपालगन्जस्थित राँझा विमानस्थलको गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म प्रदर्शन गरिएको हो ।
असल शासन क्लव बासको अगुवाइमा विमानस्थल असुरक्षितसँगै व्यवस्थापन अस्तव्यस्त भएको भन्दै शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।
विमानस्थल क्षेत्रको झाडी सफाइ नहुँदा जंगली जनावरहरु विमानसँंग पटकपटक ठोक्किने गरेका छन् । अहिलेसम्म ठूलो क्षती नभएपनि जोखिम उच्च देखिएको छ । नागरिक उडड्यन कार्यालयले विमानस्थललाई आकर्षक र सुरक्षित बनाउन चासो नै नदिएको शाहले बताए ।
बासले विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी राख्नुपर्ने, तत्काल झाडी सफाइ गर्नुपर्ने, पार्किङलाई व्यवस्थित गराउनुपर्नेलगायतका माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिनुका साथै विमानस्थलका प्रमुख सुवास झालाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै विमानस्थलका प्रमुख झाले अन्य विमानस्थलको तुलनामा नेपालगञ्ज विमानस्थल सुरक्षीत रहेको दाबी गरे । जनावर र चरा ठोकिने समस्या नेपालका सबै बिमानस्थलको रहेको बताउँदै उनले हाल नेपालगञ्ज विमानस्थलमा झाडी बुट्यान सफाई गरेर दुर्विन सहितको शिकारी खटाइएको जानकारी दिए ।
विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी पनि रहेको र बाहिरबाट सोचेअनुसार असुरक्षित नरहेको प्रमुख झा ले जिकिर गरे ।
विमानस्थलको तर्फबाट सुरक्षाको सबै उपाय अपनाएका छौं उनले भने ’ मुख्य समस्या भनेको स्थानीयबासीले समय समयमा तार जाली काट्दीन्छन्, अनि फेरी बाहिरबाट जनावरहरू रनवे सम्म आईपुग्छन् ।’
थप समाचार
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह