जाजरकोट ८ पुष : तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो ।
जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खनेर ५०० ग्राम माटो निकाली शिविरमा जाँच गरिएको छ ।
उनले भने, ‘माटोको अवस्था पत्ता लगाई कृषकलाई सोहीअनुसारको सल्लाह दिइरहेका छौँ, सधैँ आयात गरेको अन्न र फलफूल मात्र खाएर हुँदैन, आफैँ पनि आत्मनिर्भर बन्नुपर्छ ।’
जाँचपछि माटोको अम्लीयपनबारे जानकारीसँगै सोहीअनुसारको जात सिफारिस गर्न सजिलो हुने बुढाको भनाइ छ । मुड्केचुलामा स्याउ, ओखर, अमिलोलगायतका फलफूल बढी उत्पादन हुन्छ ।
वर्षेनी घट्दै गएको उत्पादनलाई माटो जाँच गरी बढाएर नतिजामुखी बनाउनका लागि सो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । यहाँको मुख्यबाली मकै र गहुँ हो । पछिल्लो समय गाउँपालिकाले फलफूल खेतीमा जोड दिएको छ । -रासस
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी