घरबारीटोलको लुम्बिनी गार्मेन्टमा आगलागि हुँदा ४ करोड बढीको क्षती


घरबारीटोलको लुम्बिनी गार्मेन्टमा आगलागि हुँदा ४ करोड बढीको क्षती

नेपालगन्ज १७ पुष : नेपालगज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोल स्थित लुम्बिनी गार्मेन्ट उद्योगमा गए राति आगलागी भएको छ ।

गएराति १ बजे उद्योगमा आगलागी भएको हो । आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिईन् ।

राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताईन् ।

के कारणले आगलागी भएको हो भन्ने जानकारी नभए पनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक खातुनको दाबी छ ।

लुम्बिनी गार्मेन्ट उद्योगमा केही वर्षअघि पनि बिद्युत सर्ट भएर आगलागी भएर ठूलो क्षति भएको थियो ।

गएराति भएको आगलागी बारे घटना स्थलमा पुगेर मुचुल्का उठाई घटनाको अनुसन्धान अगाडी बढाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उद्योग भित्र रहेका सबै मेशिनहरु इलेक्ट्रोनिक र वाई तेलले चल्ने भएकाले आगलागीबाट बढी क्षति भएको बताईएको । वाई तेल पेट्रोल भन्दा पनि बढी प्रज्वलनशील मानिन्छ ।