नेपालगन्ज २१ पुष : महिला उद्यमीलाई प्रोत्साहन गर्न नेपालगन्जमा बिहीबारदेखि प्रदेशस्तरीय प्रदर्शनी हुदैँछ । पुष २२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुन लागेको हो । महिला उद्यमी संघ नेपाल(विन)बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिनेछ ।
महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी रेष्टेरेण्टमा प्रदर्शनी सञ्चालन हुने बताइन् । शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहने बताइन् । उनले प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने बताइन् ।
‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले बताइन् ।
महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताइन् । उनले भनिन्, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’
अध्यक्ष रस्तोगीले प्रदर्शनीमा मुख्य उद्देश्य बजारीकरण रहेको भएता पनि व्यापारलाई पनि जोड दिने बताइन् । उनले प्रदर्शनीमा ल्याइएका समानहरु कोसेली घरले नै राखेर बिक्री गरिने बताइन् ।
प्रदर्शनी कार्यक्रमका चार लाख बजेटमा सञ्चालन हुने महिला उद्यमी संघ नेपाल, बाँकेकी महासचिव सुनिता पाण्डेले बताइन् । पाण्डेका अनुसार प्रदर्शनीमा विभिन्न सफल उद्यामीलाई पनि सम्मान गरिने छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमालले गर्ने आयोजकले जनाएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी