नेपालगन्ज २२ पुष : पश्चिम नेपालमा स्वराजका ट्याक्टरले वर्चश्व लिदैं गएकोछ । स्वराज ट्याक्टरको नेपालगन्ज स्थित आधिकारिक बिक्रेता भुषाल इन्टरनेशनलमार्फत उत्साहजनक ट्याक्टर विक्री भएका हुन् ।
भुषालमार्फत दशैं, तिहार पर्वमा मात्रै १५२ वटा स्वराजका ट्याक्टर विक्री गरेकोछ । स्वराज ट्याक्टरको नेपालगन्ज स्थित आधिकारिक बिक्रेता भुषाल इन्टरनेशनलले बिहीबार नेपालगन्जमा आयोजना गरेको ‘हाम्रो स्वराज सहस्त्र मेला’मा उक्त जानकारी दिइएको हो ।
स्वराज ट्याक्टर कम्पनीका कन्ट्री म्यानेजर हरजित सिंहको प्रमुख आतिथ्यतामा हाम्रो स्वराज सहस्त्र मेला गरिएको हो । सोक्रममा उनले पश्चिम नेपालको बजार प्रवद्र्धनमा भुषाल इन्टरनेशनलले उत्साहजनक काम गरेको भन्दै बधाई समेत दिए ।
मेलाका क्रममा दशैं, तिहार पर्वलाई लक्षित योजनाको नतिजा समेत सार्वजनिक गरिएको थियो । सोक्रममा गोलाप्रथाबाट स्वराज ८५५ खरिद गरेका कञ्चनपुर, पुनर्वास–४ का प्रेम बहादुर बस्नेतले २ लाख बढीको मोटरसाइकल उपहार प्राप्त गर्न सफल भए ।
भुषाल इन्टरनेशनलका प्रबन्ध निर्देशक पार्थ भुषालले सबै ट्याक्टर धनीलाई फ्रिज उपहार दिइएको बताए । भुषाल इन्टरनेशनलबाटै हालसम्म ३ हजार बढी ट्याक्टर बिक्री भइसकेको छ भने सहस्त्र मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति