मान्छे खाने बाघ नियन्त्रणमा लिन सिडिओलाई ध्यानाकर्ष पत्र

बाघ आक्रमणमा ज्यान गुमाउने परिवारलाई किरिया खर्च प्रदान


मान्छे खाने बाघ नियन्त्रणमा लिन सिडिओलाई ध्यानाकर्ष पत्र

राप्तीसोनारी (बाँके) २६ पुष : बाँकेको राप्तीसोनारीमा आतंक मच्चाउने बाघलाई तत्काल नियन्त्रणमा लिन राजनैतिक दलका प्रतिनिधिले प्रशासनको ध्यानाकर्षण गराएका छन् । वडा स्तरका सबै राजनैतिक दलका प्रतिनिधिले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई चार बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बाघको आक्रमणबाट गत शनिबार ज्यान गुमाएकी राप्तीसोनारी–६ अब्रह्वाकी चाँदनी थारुको घरमा सान्तोना दिन पुगेका प्रमुख जिल्ला अधिकारीलाई नेकपा एमाले राप्तीसोनारीका–६ का अध्यक्ष लालबहादुर थापा, नेपाली काँग्रेस राप्तीसोनारी–६ का सभापति लवराज खरेल, नेकपा माओवादी राप्तीसोनारी–६ का अध्यक्ष चन्द्र प्रकाश शर्मा, एकीकृत समाजवादीका राप्तीसोनारी–६ का अध्यक्ष देवीराम घर्तीले संयुक्तरुपमा हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा अविलम्ब ‘नरभक्षी’ बाघलाई नियन्त्रणमा लिनुपर्ने, बाघको आक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूति तथा राहात उपलब्ध गराउनुपर्ने, त्रसित मानव जिवनलाई तत्काल सहज अनुभूति दिलाउनुपर्ने, जिपिएस प्रणालीबाट बाघको निगरानी राखी सर्वसाधारणको लागि सूचना केन्द्र स्थापना गर्नुपर्ने माग समेटिएको छ ।

सोही अवसरमा बाघको आक्रमणबाट ज्यान गुमाएका लिला बिष्ट र चाँदनी थारुको परिवारलाई राप्ती सोनारी गाउँपालिकाले किरिया खर्च उपलब्ध गराएको छ । बाघले गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी ३० वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५२ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री सोमबार मृतकको घरमै पुगेर किरिया खर्च वापत २० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाभित्र जुनसुकै घटनाबाट ज्यान गुमाउनेका परिवारलाई राप्तीसोनारीले किरिया खर्च वापत २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जना महिलाका परिवारलाई २०–२० हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष थारुले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेल, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी लगायत दुबै पीडितको घरमा सान्त्वना दिन पुगेका थिए ।

पीडित परिवारलाई सान्त्वना दिदैँ डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलले प्रदेश सरकार र संघीय सरकारबाट नियम अनुसार दिइने क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन दिएका थिए । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र ४ जनाको ज्यान गइसकेको छ ।

थप समाचार

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

मान्छे खाने बाघ समात्न प्राविधिक टोली आएन, दुई वटा हात्तिबाट बाघ धपाउँदै निकुञ्ज