जमुनाह नाकाबाट दिनहुँ संक्रमित थपेकेको थपै, ८ महिना वित्यो पनि बनेन होल्डिङ सेन्टर


जमुनाह नाकाबाट दिनहुँ संक्रमित थपेकेको थपै, ८ महिना वित्यो पनि बनेन होल्डिङ सेन्टर

नेपालगन्ज २८ पुष : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको त्रासमा यतिबेला नेपालगन्ज स्थित जमुनाह नाकामा घर फर्कनेहरुको ठूलै भीड लागिरहेकोछ । भारतका विभिन्न क्षेत्रमा गएका नेपाली कोरोना संक्रमणको भयमा हतारिएर नेपाल फर्किरहेकाछन् । यसरी फर्किनेहरुमा कोरोना संक्रमण दर उच्च पाइएकोछ ।

लगातार नेपालगन्ज स्थित सीमानाका जमुनाहमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भइरहँदा कोरोना जाँचको कार्य थप प्रभावित बनेकोछ । भने दिनहुँ आउनेमा संक्रमण बढिरहँदा उनीहरुलाई आइसोलेसनमा राख्न बाँके प्रशासनलाई सकस भइरहेकोछ ।

सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राख्न सकिएको छैन । यसको मुख्य कारण हो होल्डिङ सेन्टर निर्माणले पूर्णता नपाउनु । यस्तोमा संक्रमितहरुलाई स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ ।

जमुनाह नाकामा पछिल्लो एक सातायता नेपाल भित्रिएका मध्ये करिव तीन सय जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितलाई ठाउँ अभावको कारण नेपालगन्जको बालमन्दिर आइसोलेसनमा राखेर सम्बन्धित जिल्लामा पठाउने गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले गतको वैशाख ५ गते नेपाल–भारत सीमा नजिक एक–एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन् ।

अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ । नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणलाई तीब्र पारेको छ । उक्त होल्डिङ सेन्टरलाई यही पुष मसान्त भित्र सञ्चालनमा ल्याउने गरिर कार्यलाई तीव्रता दिइएको हो ।

यसैबीच, नेपालगन्ज स्थित बालमन्दिर आइसोलेसन र होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्दै त्यसको व्यवस्थापन र कार्य सम्पादनको जानकारी लिइएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकर, स्वास्थ्य कार्यालयका प्रतिनिधि जागेश्वर बस्नेत र डिसीएमसी बाँकेको कार्यदलका प्रतिनिधि तेज ओली, रुपन ज्ञवाली लगायत टोलीले स्थलगत अनुगमन र कार्य प्रगतिको विस्तृत विवरण लिएको हो ।

अनुगमनपश्चात सेतोखरीसंग बोल्दै उपमेयर थापाले होल्डिङ सेन्टरको कार्य अन्तिम चरणमा पुगेको र यही साता सञ्चालनमा आउने गरि कार्य भइरहेको जानकारी दिइन ।

नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित बालमन्दिर आइसोलेसनबाट यही पुष २३ गतेदेखि हालसम्म १३९ जनालाई राखि सम्बन्धित जिल्लामा पठाइएको छ भने हाल १३ जना आइसोलेसनमा रहेकाछन् ।

थप समाचार

हेल्थ डेस्कमा कार्यरत ५ स्वास्थ्यकर्मी संक्रमित भएपछि निरीक्षणमा पुग्यो सिडिओसहितको टोली, आवागमनमा कडाई गर्दै परीक्षणको दायरा बढाउन निर्देशन

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश

जमुनाह नाकामा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि