कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण

बाँकेमा ५८ जना थपिदाँ एकको मृत्यु


कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण

नेपालगन्ज ३ माघ : कोरोना भाइरस संक्रमणले बाँकेलाई विस्तारै आफ्नो चपेटमा लिइरहेकोछ । खुला सीमानाका र बेखौफ हिँडडुल गर्ने सर्वसाधरणको गतिविधिका कारण झनझन बाँके कोरोना संक्रमितको चपेटमा पर्दै गएको हो ।

फ्याट्फुट्ट संक्रमित भेटिएपनि यतिबेला कोरोनाले बाँकेको ८ वटै पालिकामा आफ्नो उपस्थिती जनाइरहेकोछ । कोरोना भाइरस संक्रमणको चेन तोड्न बाँके प्रशासनले स्वास्थ्य सम्बन्धि ५ बुदेँ आदेश समेत जारी गरेकोछ । तर, प्रशासनले उक्त आदेश पूर्णरुपमा कार्यान्वयन गराउन भने असक्षम देखिएकोछ ।

प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि यहाँका मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि यी क्षेत्रमा भीड नघट्दा जोखिम बढ्न थालेको हो । यसरी हिँडडुल गर्नेले न मास्कको प्रयोग गर्छन्, न सामाजिक दूरीको पूर्ण पालना गरेको पाइन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । सार्वजनिक यातायातमा सिट क्षमतामा मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि यसको पूर्ण कार्यान्वयन भएको छैन ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको तथ्यांकलाई हेर्दा बाँकेमा कोरोना संक्रमित थपिने र अस्पताल भर्ना हुने दर उकालो लागिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा बाँकेका तीन वटा प्रयोगशालामा एक सय ७२ जनाको नमुना परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४६ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ६ सय ९४ पुगेको छ । भने बाँकेमा सक्रिय संक्रमित संख्या २४६ पुगेकोछ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ७१ पुगेको छ । बुष्टर डोज लगाएको संख्या ९२८ पुगेकोछ ।

केन्द्रका अनुसार भेरी अस्पतालमा ३५ जनाको नमुना परीक्षण गर्दा १९ जना, नेपालगन्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६८ जनाको नमुना परीक्षण गर्दा १९ जना र बागेश्वरी ल्याबमा ६९ जनाको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।

यतिमात्र होइन भारतबाट नेपाल आउनेहरुमा समेत कोरोना संक्रमण देखिने क्रम झन् बढ्दै गएकोछ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नेपालगन्ज नाका भएर आएका २ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना देखिएको छ । जसमा बाँकेका २ जना रहेकाछन् ।

जमुनाह नाकामा कोरोना पुष्टि भएका २७ जनालाई बालमन्दिर स्थित आइसोलेसन वार्डमा राखिएकोछ ।

केन्द्रका अनुसार बाँकेमा कोरोना संक्रमित थपिदै गएपछि अस्पताल भर्ना हुने क्रम पनि बढ्दो छ । केही दिन अघिसम्म भेरी अस्पतालमा ९ जना मात्र उपचाररत रहेकोमा यतिबेला यो संख्या बढेर १८ पुगेकोछ ।
भेरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १८ जनामध्ये केहीको स्वास्थ्य अवस्था समेत गम्भीर रहेको केन्द्रले जनाएकोछ ।

यसैबीच, मंसिर २६ गतेपछि पहिलोपटक बाँकेमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार भेरी अस्पताल, नेपालगन्जमा मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्शन तेजबहादुर ओलीका अनुसार, गत पुष ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो १ः१५ बजे मृत्यु भएको छ । मृतकले कोभिडविरुद्धको कुनै पनि खोप नलगाएको पाइएको छ ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँने मृतक संख्या ४ सय ३७ जना पुगेको छ । भने कोरोनाबाट बाँकेका मात्रै ३ सय ४५ जनाको मृत्यु भइसकेकोछ ।

थप समाचार

नरैनापुर गाउँपालिकाका कर्मचारीमा कोरोना फैलियो, ५ दिनका लागि गाउँपालिका बन्द

जमुनाह नाकामा संक्रमित थपिन्छन् तर, बाँकेका अस्पताल शुनसान !

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश