जमुनाह नाकामा संक्रमित थपिन्छन् तर, बाँकेका अस्पताल शुनसान !

‘नाकामा आउनेहरुमा मात्र होइन, जिल्लाभित्र संक्रमण फैलिसक्यो’


जमुनाह नाकामा संक्रमित थपिन्छन् तर, बाँकेका अस्पताल शुनसान !

नेपालगन्ज २९ पुष : कोरोना भाइरस संक्रमणको जोखिमकाबीच भारतका विभिन्न स्थानबाट नेपाल आउनेहरुको संख्या बढ्दो छ । ठूलो संख्यामा नेपाल फिर्नेहरुमा कोरोना भाइरस जाँच गर्दा दिनहुँ संक्रमित संख्या समेत बढिरहेको छ ।

नेपालगन्ज स्थित नेपाल भारत सीमा नाका जमुनाहमा भारतबाट आउनेहरुको कोरोना जाँच गर्न हेल्थ डेस्क राखिएको छ । भारतका विभिन्न स्थानबाट आएकाहरुलाई जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा सोझै लगेर कोरोना जाँच गरिन्छ । यसरी जाँच गरिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि हुनेक्रम पनि बढिरहेको छ । तर, यसरी भेटिएका संक्रमितहरु भने अस्पताल भर्ना भएको पाइदैन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसीएमसी) बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार सीमामा कोरोना पोजेटिभ पाइएकाहरुलाई नेपालगन्जको रामलीला मैदान स्थित बालमन्दिर आइसोलेसनमा राखिन्छ ।

‘भारतका विभिन्न स्थानबाट आएकाहरु संक्रमित पुष्टि भएपछि उनीहरुको सम्पूर्ण लगत लिएर बालमन्दिर आइसोलेसनमा राखिन्छ’ फोकलपर्शन ओलीले भने–‘उनीहरुको लगतअनुसार सम्बन्धित जिल्लाको सम्बन्धित पालिकासंग समन्वय गरि एम्बुलेन्स र गाडीमा राखेर पठाइन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital

‘भारतबाट आउनेहरुमा कोरोना संक्रमण बढ्दै गएकोछ । उनीहरुमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षणहरु देखिएकाछन् । कतिपयमा लक्षण समेत देखिएको छैन’ फोकल पर्शन ओलीले भने–‘अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो, स्वाद हराएको र शरीरिर दुखेको लक्षण पाएकाछौं ।’

केन्द्रको तथ्यांक हेर्ने हो भने आज (बिहीबार) जमुनाहा नाकामा अहिलेसम्मकै उच्च संख्यामा कोभिड पुष्टि भएको छ । पुस १९ गते यता बढ्दै गएको कोभिड संक्रमण आज अहिलेसम्मकै उच्च संख्यामा देखिएको हो ।

पुस १९ अघि शून्य हुने गरेको संख्या पछिल्ला दिनमा क्रमिकरुपमा बढ्दै आएकोछ । बिहीबार मात्रै भारतबाट नेपाल भित्रिएका ३२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये ४७ जनामा कोरोना पुष्टि भएको छ । ३८ पुरुष र ९ महिलामा कोरोना पुष्टि भएको हो । हिजो(बुधबार) मौत्र २७ जनामा कोरोना पुष्टि भएको थियो ।

केन्द्रको तथ्यांकलाई हेर्दा यसअघि नाकामा चेकजाँचका क्रममा संक्रमितको संख्या शून्य हुने गरेकोमा पुष १९ गते ९ जना, पुष २० गते ४ जना, पुष २१ गते ५ जना, पुष २२ गते २३ जना, पुष २३ गते २६ जना, पुष २४ गते ४६ जना, पुष २५ गते ३९ जना, पुष २६ गते ३७ जना, पुष २७ गते ३७ जना र पुष २८ गते २७ जनामा संक्रमण देखिएको थियो ।

पुष अन्तिम साताको तथ्यांक अनुसार भारतबाट आउने ३ सय जनामा कोरोना पुष्टि भइसकेकोछ । यो तथ्यांक पुष १९ गतेदेखि पुष २९ गतेसम्मको हो ।

यतिमात्र होइन भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्दा जाँच्दै जमुना नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । कुल १६ जना रहेका स्वास्थ्यकर्मीमध्ये ८ जना संक्रमित भइसकेपछि दिनहुँ सीमामा लाग्ने भीडलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे परिरहेकोछ ।

बाल मन्दिर आइसोलेसन सेन्टरमा बिहीबार बेलुकासम्म ४ जना महिला र २४ जना पुरुष गरि २८ जना संक्रमित राखिएकोछ । जसमा बाँके जिल्लाका २ जना र बाहिरी जिल्लाका २६ जना संक्रमित रहेकाछन् ।

सीमामा आउनेहरु बाँके भन्दा बाहिरी जिल्लाका धेरै भएकाले बाँकेमा संक्रमित संख्या कम देखिएको हो । यद्यपी बाँकेमा पनि कोरोना संक्रमित बढ्दै गएको फोकल पर्शन ओली बताउँछन् ।

बिहीबार बाँकेका तीनवटा प्रयोगाशालामा ९३ जनाको पीसिआर परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भयो । धेरै समयपछि जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा यति धेरै जनामा संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

यो तथ्यांकले बाँकेको नाका मात्र होइन, जिल्लाभित्र पनि कोरोना संक्रमण भुषको आगोसरि फैलिएको पुष्टि गरेको छ । अझ संक्रमित हुनेहरु नै नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका सहरी इलाकाका रहेकाछन् ।

नेपालगन्जको भेरी अस्पतालमा ४३ जनाको परीक्षण गर्दा २० जना, कोहलपुर मेडिकल कलेजमा २८ जनाको परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना पुष्टि भएको छ । ३८ जनामध्ये २४ जना बाँके र १४ जना अन्य जिल्लाका छन् ।

केन्द्रका अनुसार बाँके जिल्लामा बिहीबार बेलुकासम्म कुल एक सय जना मात्र सक्रिय संक्रमित रहेकाछन् । जसमा ३९ महिला र ६१ पुरुष गरि एक सय जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेकाछन् । होम आइसोलेसनमा रहेका ३८ महिला र ५९ पुरुष गरि ९७ जना रहेकाछन् । भने बाँकेका अस्पतालमा ९ जनाको उपचार भइरहेकोछ ।

बाँकेको अस्पतालमा रहेका ९ जना मध्ये ४ जना महिला ५ जना पुरुषको उपचार भइरहेको । जसमा एक जना भेन्टिलेटरमा र बाँकीको स्वास्थ्य अवस्था मध्यम छ ओलीले बताए । भेरी अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ३ जना बाँकेका र ६ जना बाहिरी जिल्लाका विरामी हुन् ।

थप समाचार

नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्

जमुनाह नाकाबाट दिनहुँ संक्रमित थपेकेको थपै, ८ महिना वित्यो पनि बनेन होल्डिङ सेन्टर

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश

हेल्थ डेस्कमा कार्यरत ५ स्वास्थ्यकर्मी संक्रमित भएपछि निरीक्षणमा पुग्यो सिडिओसहितको टोली, आवागमनमा कडाई गर्दै परीक्षणको दायरा बढाउन निर्देशन