नेपालगन्ज ६ माघ : बाँकेमा बिहीबार थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । यो जम्मा परीक्षणको करिब ६५ प्रतिशत हो ।
बाँकेका तीन वटा प्रयोगशालामा गरिएको एक सय ६७ नमुना परीक्षणका क्रममा थप एक सय ७ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पनि १०८ जनामा कोरोना पुष्टि भएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ जना र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जना गरि कुल एक सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७८ जना छन् । बुधबार मात्रै बाँकेका ७७ जनामा कोरोना पुष्टि भएको थियो । बिहीबार संक्रमित हुनेहरुमा बाँकेका अधिकांस रहेकाछन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ । यस्तै बिहीबार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ९५ पुगेको छ । तर, संक्रमित कसैको मृत्यु भएको छैन ।
भेरी अस्पतालमा पनि विरामीको चाप बढेको छ । संक्रमितमध्ये ३० जना मध्यम खाले विरामी छन् । एकजनाको अवस्था सिकिस्त हुँदा अर्का एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
थप समाचार
‘संक्रमित बढेसंगै अस्पताल भर्ना हुने दर बढ्न थाल्यो’
बाँकेमा दिनहुँ संक्रमित थपिन्छन्,रोकथाममा प्रशासन उदासिन
कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण