स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासनद्वारा अनुगमन शुरु


स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासनद्वारा अनुगमन शुरु

नेपालगन्ज ६ माघ : कोरोना भाइरस संक्रमणकाबीच बाँके प्रशासनले जारी गरेको आदेश कार्यान्वयनमा उदासिन बनिरहेका बेला बिहीबार प्रशासनले बजार अनुगमन गरेकोछ ।

कोरोना भाइरस संक्रमण बढेपछि सरकारले जारी गरेको मापदण्ड पालना गराउन केही दिन अघि बाँके प्रशासनले ५ बुँदे आदेश जारी गरेको थियो ।

उक्त आदेश जारी मात्र गर्ने तर कार्यान्वयनको पाटोमा वेवास्ता गर्दै आएको आरोप खेपिरहेका बेला बाँके प्रशासनले विहीबार बजार अनुगमन गरेको हो ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी नेतृत्वको टोलीले नेपालगन्जमा रहेका सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयहरुको अनुगमन गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

टोलीले यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयमा अनुगमन गर्दै ती कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरुले स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरे नगरेको बारे स्थलगत निरीक्षण समेत गरेको थियो ।

सोक्रममा सामाजिक दूरी, मास्कको प्रयोग नगरेको पाइएकाले उनीहरुलाई स्वास्थ्य सम्बन्धिको मापदण्ड पालना गर्न सचेत पारिएको थियो ।

प्रशासकीय अधिकृत रामकुमार सोनकार, वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्कासहितको टोलीले निशुल्क मास्क समेत वितरण गरेका थिए ।

थप समाचार

कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण

बाँकेमा दिनहुँ संक्रमित थपिन्छन्,रोकथाममा प्रशासन उदासिन

‘संक्रमित बढेसंगै अस्पताल भर्ना हुने दर बढ्न थाल्यो’