ब्राउनसुगर र नगदसहित नेपालगन्जका लागुऔषध कारोबारी पक्राउ


ब्राउनसुगर र नगदसहित नेपालगन्जका लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज १० माघ : बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएकोछ । प्रहरीले नियन्त्रणमा लिएका सबैजना नेपालगन्जबासी हुन् । उनीहरुको साथबाट ३० ग्राम ब्राउन सुगर र एक लाख ८३ हजा बढि रकम बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुशुदन न्यौपानेका अनुसार उनीहरुलाई नेपालगन्जको चौलिक्काबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकोमा नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेकाछन् ।

प्रहरी र लागुऔषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागुऔषध फेला परेको न्यौपानेले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

डिएसपी न्यौपानेका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ७० हजार ५ सय नेपाली रुपैयाँ र ७० हजार तीन सय ५० भारतीय रुपैयाँ गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरु लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणका बीच पनि बाँकेमा लागुऔषध कारोबार तथा ओसारपसार बढेको पाइएकोछ । पछिल्लो ६ महिनाको अवधिमा बाँके प्रहरीले लागुऔषधसहित कारोबार र ओसारपसारमा संलग्नलाई पक्राउ गरेपछि बाँकेमा लागुऔषधको कारोबार र ओसारपसार नरोकिएको पुष्टि गर्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले हालै सार्वजनिक गरेको ६ महिने प्रगति विवरणमा २६५ ग्राम ६१० मिलिग्राम, ४ किलो ३७५ ग्राम चरेश, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा, ३ हजार ५ सय ४३ ट्याबलेट नाईट्राजेपाम र एक हजार ४ सय ३० ट्रमाडोलसहित ८८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरि कारबाही गरेकोछ ।

यद्यपी बाँके प्रहरीले नेपाल–भारत प्रहरीको समन्वयमा भारतमा समेत लागुऔषधको कारोबार गर्नेलाई ठूलो परिमाणसहित पक्राउ गरि कारबाही गरिएकोले नेपालमा समेत लागुऔषध ओसारपसारमा कमी आएको दावि गरेकोछ ।

थप समाचार

बाँके प्रहरीद्वारा ६ महिनामै ९ करोड बढि राजस्व संकलन