File Photo
नेपालगन्ज ११ माघ : सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ ।
मङ्गलबार बिहान ४ नेपालगन्ज –१७ परसपुरबाट सशस्त्र प्रहरी बल नम्बर–३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमाण्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो ।
यस्तै जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमाण्डको टोलीले नेपालगन्ज –१६ जयसपुरबाट ८६ हजार रुपैयाँ बराबरका थानको कपडा, ४७ पिस कुर्ता बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर–३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले जानकारी दिए ।
बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी, १५ क्विन्टल हरियो केराउ, लत्ताकपडा, सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले बताए ।
भर्खरै सशस्त्र प्रहरी बाँकेको कमाण्ड सम्हालेका एसपी बस्नेतले बाँकेका सबै बिओपीहरु निरीक्षण गरि सीमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् ।
बाँकेमा नेपाल–भारत सीमाको कटकुइया, नरैनापुर, गंगापुर, खडैचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैयामा सशस्त्रको बिओपीहरु रहेकाछन् । त्यहाँबाट उनीहरले सीमा सुरक्षासंगै सीमामा हुने तस्करी तथा अवैध गतिविधिमा निगरानी गर्नेगर्दछन् ।