नेपालगन्ज १८ माघ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकोछ ।
मङ्गलबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको हो । योसँगै नेपालमा पेट्रोलको मूल्यले उच्च विन्दुमा पुगेको नयाँ रेकर्ड कायम भएकोछ ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएसंगै अब साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल÷मट्टीतेल प्रतिलिटर रु. ३ रुपैयाँले बढिमा विक्री हुने भएको हो ।
नेपाल आयल निगमले अब पेट्रोल १४२ र डिजल÷मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम गरेको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले बृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर एक हजार ९५ कायम भएको निगमले जनाएकोछ ।
एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जनाएकोछ ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति