चमकदारपुरको काठको पुल विस्थापित


चमकदारपुरको काठको पुल विस्थापित

नेपालगन्ज १८ माघ : बाँकेको खजुरा गाउँपालिका–७ सिन्दुरे स्थित जेठी नालामा निर्मित स्टील ट्रस पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उद्घाटन गरेका छन् ।

लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा हुँदै आएकोमा उक्त कुराको मध्यनजर गर्दै खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

खजुरा गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकृत दील बहादुर पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १६ लाख ४७ हजार २६४ रुपैयाँ ४६ पैसा र रिजवान इन्जिनियरिंग ११ लाख ८७ हजार ३४३ रुपैयाँँ गरि २८ लाख ३४ हजार ६०७ रुपैयाँ ४६ पैसा लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

वडा नम्बर–७ का वडाध्यक्ष अतिउल्ला खान प्राविधिक शाखा इन्जिनियर लगायत स्थानीयको उदघाटन कार्यक्रममा सहभागिता थियो ।