नेपालगन्ज २२ माघ : सिजीको रो शो नेपालगन्ज स्थित बागेश्वरी इलेक्ट्रो प्लाजामा गरिएकोछ । नेपालगन्ज आइपुगेको उक्त रोड शोको टिमले नेपालगन्ज धम्बोझी चोक नजिक रहेको बागेश्वरी इलेक्टो प्लाजामा सिजीका उत्पादन प्रर्दशन गरेको थियो ।
पुषदेखि शुरु भएको रोड शो आगामी फागुन ३ गतेसम्म चल्नेछ । पूर्वका बिभिन्न सहरहरूमा कार्यक्रम सम्पन्न गर्दै नेपालगन्ज आइपुगेको रोड शोको टिमले पश्चिमका मुख्य सहरहरुमा सिजीका उत्पादन सम्बन्धि जानकारी दिन रोड शो गरिरहेकोछ ।
रोड शोका क्रममा सिजीका उत्पादनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिइएको र सो क्रममा केहीले बुकिङ समेत गरेको रोड शो टिमका नेतृत्वकर्ता सुरेश आचार्यले बताए ।
सिजीका वासिङ मेसिन, डिसवासर, एसि, टिभि, माइक्रोवेभन, भ्याकुम, गिजर लगायतका उत्पादनका बारेमा जानकारी दिदै प्रर्दशन गरिएको थियो ।
वासिङ मेसिन चलाउने विधिबारे डेमो समेत देखाइएको थियो । ६ देखि १२ केजिसम्म कपडा धुने क्षमताका सिजिका वासिङ मेसिनहरु बजारमा उपलब्ध छन् ।
वासिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ । वासिङ मेसिनबाट लुगा शतप्रतिशत केही समयमै सुकाउन सकिने सुविधा भएका वासिङ मेसिन पनि सिजिले बजारमा ल्याएको छ ।
कपडाको किसिम, तौल साथसाथै ९९.९९ प्रतिशत किटाणु नष्ट गरि कपडालाई हाईजिनिक धुलाई गर्ने भएकोले उपभोक्ताहरू सिजिको वासिङ मेसिनप्रति आकर्षक हुने गरेको सिजिका यस क्षेत्रमा सेल्स इन्चार्ज पुष्कर भट्टले दाबि गरे ।
सिजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको कम्पनीको दाबी छ । रोड शोमा सिजीका कुनै पनि सामान खरिद वा बुकिङ गर्दा कम्पनीले अतिरिक्त छुट प्रदान गर्ने बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालक विष्णु अर्यालले जानकारी दिए ।