औद्योगिक क्षेत्रको संघमा कार्की निर्विरोध


औद्योगिक क्षेत्रको संघमा कार्की निर्विरोध

नेपालगन्ज २२ माघ : नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको अध्यक्षमा किरण कार्की निर्विरोध चयन भएकाछन् ।

शनिबार सम्पन्न संघको प्रथम साधारणसभाबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा अब्दुल वाहिद अन्सारी, उपाध्यक्षमा दीला शाह, महासचिवमा विवेक थापा, सचिवमा पुष्पा पोख्रेल र कोषाध्यक्षमा गौरब डाँगी रहेकाछन् ।

निर्वाचन अधिकृत विकास आचार्यका अनुसार संघको ११ सदस्यीय समिति निर्विरोध गरेको हो । यस्तै सदस्यहरुमा चम्पालाल बोथरा, रिद्धकरण जैन(सिन्धी), सुल्तान सलाउद्दिन अन्सारी, चन्द्रकान्त आचार्य र होमनाथ ज्ञवाली रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

संघको सल्लाहकारमा वरिष्ठ उद्योगी कन्हैलाल बैध र कानूनी सल्लाहकारमा विकास आचार्यलाई चयन गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभामा नवनिर्वाचित पदाधिकारीलाई मेयर राणाले बधाईसहित प्रमाण पत्र प्रदान गरेका थिए ।