कलात्मक मेकपलाई ब्यावसायीकरण गर्न आवश्यक : मेयर राणा


कलात्मक मेकपलाई ब्यावसायीकरण गर्न आवश्यक : मेयर राणा

निर्मला डाँगी

नेपालगन्ज २४ माघ : नेपालगन्जमा एक महिने मेकप तालिम शुरु भएको छ ।

सौन्दर्य कलामा रुची राख्ने महिलाहरुलाई कलात्मक मेकप सम्बन्धी सीप सिकाउने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले तालिमको आयोजना गरेको हो ।

नेपालगन्जको न्यूरोड स्थित ‘आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमी’ले सहजीकरण गरिरहेको मेकप तालिमको सोमबार उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले कलात्मक मेकपलाई ब्यावसायीकरण गर्न आवश्यक रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

तालिममा सहभागी महिलाहरुलाई तालिममा ध्यानपूर्वक सीप सिक्न आग्रह गर्दै मेयर राणाले अधारभूत तालिमपछि उपमहानगरपालिका मार्फत थप सहयोग गर्नसक्ने आश्वासान दिए ।

तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत २३ वटै वडाबाट छनोट गरि पठाईएका मध्य हाल १६ जना महिलालाई सहभागिता गराईएको आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमीका सञ्चालक एवं प्रशिक्षक अरुणा चौधरीले जानकारी दिईन् ।

एक महिने तालिममा मेकप सम्बन्धी विभिन्न २६ वटा विषयमा प्रशिक्षण दिईने प्रशिक्षक चौधरीले बताईन् ।