नेपालगन्ज २६ माघ : सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यू ज्याक टी–८ २.० लि. पिक अप ट्रकको बुकिङ खुल्ला गरेको छ । बुकिङ खुला भएसंगै नेपालगन्जमा रहेको शुभलाभ इन्टरप्राइजेजले समेत यसको विक्रीका लागि धमाधम बुकिङ गरिरहेकोछ ।
सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो ।
कम्पनीले सार्वजनिक गरेको अल न्यू ज्याक टी–८ पिक अप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रमा पहिलो रोजाइमा रहेको कम्पनीले जनाएको छ । जर्मनीको फेभसँग मिलेर बनाइएको दुई लिटर टर्बो डिजेल इन्जिनले १३७ हर्सपावर र ३२० एनएम टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।
चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स चर्चित ब्राण्डमध्ये एक हो ।
नेपालमा सार्वजनिक भएको न्यू ज्याक आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पुरा गर्न सबै उन्नत सुरक्षा आराम र सुविधाहरु भरिपूर्ण छ । यो ज्याक मोटरर्स को आठौं पुस्ताको अन्तराष्ट्रिय प्लेटफर्ममा आधारित छ । जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ ।
टि–८ (४*४ )मा बोर्गवार्नरको इएसओएफ इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेकोछ । यसको शक्तिशाली नयाँ ईन्जिन र जीवनैशली अनुरुप रहेको सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाईन पारिवारिक र उपयोगिता आधारित ड्राइभको लागि लक्षित रहेकोछ ।
नेपालगन्जका लागि शुभ लाभ इन्टरप्राइजेजले यसको विक्री वितरण गरिरहेकोछ ।