शिक्षिका बलात्कार घटना

एमाले सांसद बानियाँलाई पक्राउ गर्न पक्राउपूर्जी कुर्दै बाँके प्रहरी

सोमबार दिएको जाहेरी बिहीबार दर्ता


एमाले सांसद बानियाँलाई पक्राउ गर्न पक्राउपूर्जी कुर्दै बाँके प्रहरी

File Photo

नेपालगन्ज २७ माघ : अन्ततः नेकपा एमालेका नेता मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेमा नेकपा एमालेका नेता एवम सांसद बानियाँ विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो ।

जुम्लाकी एक शिक्षिकाले आफूमाथि सांसद बानियाँले बलात्कार गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उनको जाहेरी पश्चात प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरेपछि अन्ततः ढिलो गरि आज(बिहीबार) मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डीएसपी मधुसुदन न्यौपानेका अनुसार सांसद बानियाँविरुद्धको जाहेरी दर्ता भएको छ । न्यौपानेले भने–‘शिक्षिका बलात्कार मुद्दा दर्ता भएकोछ, अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बानियाँलाई नियन्त्रणमा लिन्छौं ।’

ती शिक्षिकाले दिएको जाहेरीमा नेपालगन्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । जाहेरीमा यही माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले २ पटक बलात्कार गरेको आरोप लागाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बलात्कृत भएकी भनिएकी ती शिक्षिका गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी त्यसपछि उनी जिप्रका फर्किएनिन् । यही आईतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शिक्षिककाले सोमबारमात्रै जाहेरी लिएर जिप्रका पुगेको प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए ।

सांसद बानियाँ र महिलाका बीचमा आर्थिक लेनदेन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

थप समाचार

‘एमाले सांसद बानियाँले होटलमा लगेर मलाई २ पटक बलात्कार गरे’