भारतबाट आएर बाँके र बर्दियामा ‘फिल्मी शैली’मा चरणबद्ध लुटपात गर्ने लुटेरा पक्राउ


भारतबाट आएर बाँके र बर्दियामा ‘फिल्मी शैली’मा चरणबद्ध लुटपात गर्ने लुटेरा पक्राउ

नेपालगन्ज २९ माघ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–४ ‘डी’ गाउँ निवासी सुन ब्यापारी हरिप्रकाश सुनार ‘पप्पु’ र उनको परिवारलाई बन्धक बनाएर लुटपात गर्ने लुटेर पक्राउ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका वडा नम्बर–५ बुढिगाउँबाट ती लुटेरालाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटेको प्रहरी टोलीले २ जना लुटेरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । उनीहरुका साथबाट एक थान पेस्तोल समेत प्रहरीले बरामद गरेकोछ ।

प्रहरीका अनुसार पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन् । भारत रुपैडिहाको निबिया स्थित घर बताउने वर्ष २६ को डब्लु मनिहार र भारत बाबागंजको बाबाकुटी स्थित घर बताउने वर्ष २८ को निजामुद्दिन कवडियालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । भारतबाट नेपाल आएर बाँके र बर्दियामा लुटपातको श्रृङखला चलाइरहेका भारतीय लुटेरालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । 

Kids Festival 2022
kanti aarogya hospital

पक्राउ परेका लुटेराद्वाय डब्लु र निजामुद्दिनले गत पुष २९ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा लुटपात गरेका थिए । उनीहरुले रातिको समयमा पेस्तोल देखाई पर्शुरामको घरबाट ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए ।

अनुहार छोपि कटुवा पेस्तोल देखाएर लुटपातमा सक्रिय भारतीय लुटेराद्वयले डब्लु र निजामुद्दिनले माघ १७ गते राती बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ४ डी गाउँका हरिप्रकाश सुनार पप्पुको घरमा लुटपात गरे । घरका सबै सदस्यलाई बन्धक बनाई उनीहरुले बर्दियामा गरेको लुटपातकै तरिका अपनाएर नगद ५० हजार र ३.५ तोला सुन तथा २२० सिसीको पल्सर मोटरसाईकल लुटेर फरार भएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका लुटेराले खजुराका हरिप्रकाशको मोटरसाईल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर–५, बढैयाताल नजिक रहेको पोखरीमा छाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका दुवैजना भारतीय लुटेरालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएकोछ ।

थप समाचार

खजुरामा ‘फिल्मी शैली’मा मौलाउँदो अपराध, कहिले बलात्कार त कहिले लुटपाट