हतियारसहित आएका नकाबधारी लुटेराबाट लुटिएका पीडित (रातो मफुलर भिरेका) हरिप्रकाश सुनार ‘पप्पु’ र पृष्ठभूमीमा देखिएको लुटपाट भएको घर । तस्विर सौजन्य :खगेन्द्र दाहाल
नेपालगन्ज १७ माघ : बाँकेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको जंगलमा गत पुष २० गते मंगलबार बेलुका सवारीसाधन रोकी जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ ग¥यो । दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई अगैया प्रहरी चौकीले नियन्त्रणमा लियो । अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीका अनुसार उनीहरुले अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर ‘फिल्मी शैली’मा जबरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिदै लुटपात गरेका थिए ।
बाघ आतंकले सुनसान बनेको उक्त राजमार्ग त्यसैमा बाक्लो कुहिरो र शीतलहरको मौका छोपी ‘फिल्मी शैली’मा राजमार्गमा गुड्ने सवारीसाधन लुट्ने प्रयास प्रहरीले असफल गरेको थियो ।
यो घटना सेलाउन नपाउँदै माघ ७ गते शुक्रबारका दिन बेलुका ५–६ बजेको समयमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ पुलचोक बाट १८ वर्षिया किशोरीलाई ‘फिल्मी शैली’मा अपहरण गरि बलात्कार गरियो ।
नेपालगन्जमा भाडामा बस्दै आएकी जाजरकोट निवासी १८ वर्षीया किशोरीलाई ५ जनाको समुहमा आएका स्थानीय युवाले ‘फिल्मी शैली’मा अपहरण गरि सोही दिन दुई पटक बलात्कार गरे । एकपटक जङ्गलमा र अर्को पटक आफ्नै घरमा बलात्कार गर्दै गर्दा रङ्गे हात १८ वर्षिय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो ।
बाँके प्रहरीका अनुसार ती किशोरी आफ्ना ३ जना केटा साथीसंग फोटो खिच्न भन्दै घटना स्थल बाँकेको खजुरा स्थित पुलचोकमा गएका बेला अपहरणमा परेकी थिइन् ।
आफूसँगै गएका ३ जना केटा साथीलाई स्थानीय ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि ती किशोरीको अपहरण गरेका थिए । उक्त घटनामा १८ वर्षिय किशोर, अर्का २८ वर्षिय युवालाई नियन्त्रणमा लियो बाँकी फरार रहेका ३ जनाको पहिचान भइसकेको र उनीहरुलाई छिटै पक्रिने बाँके प्रहरीले बतायो ।
बाँकेमा घटेको यी दुई घटना पुरै फिल्मी शैलीको घटना हुन् । बाँकेको खजुरामा १८ वर्षिया किशोरीलाई ‘फिल्मी शैली’मा अपहरण गरि बलात्कार गरेको घटना घटेकै ९ दिनमा पुनः बाँकेको खजुरामा ‘फिल्मी शैली’मा एकजना ब्यापारिको घरमा लुटपाट भयो । एकपछि अर्को गरि बाँकेमै ‘फिल्मी शैली’मा लुटपाट र बलात्कारको घटना हुन थालेपछि बाँके प्रहरीले प्रदान गर्ने शान्तिसुरक्षामाथि प्रश्न उठेकोछ ।
बाँके प्रहरीले जिल्लाको समग्र शान्ति सुरक्षा र अमन चयनमा कुनै कसर बाँकी नराखेको बताइरहँदा खजुरा क्षेत्रमा पटक–पटक फिल्मी शैलीको अपराध मौलाउदै गएकोछ । खजुरा गाउँपालिका वडा नम्बर–४ ‘डी’ गाउँ निवासी सुन ब्यापारी हरिप्रकाश सुनार ‘पप्पु’ र उनको परिवारलाई बन्धक बनाएर सोमबार राती एक बजे लुटपाट गरियो ।
खजुरा १ नम्बर बजारमा ‘एलिसा ज्वैलर्स’ सञ्चालन गरेका सुन ब्यापारी हरिप्रकाशको घरमा रातीको एक बजे आएको नकाबधारी समुहले बन्दुक र धारिलो हतियार देखाएर घरमा लुटपाट गरे ।
बाक्लो कुहिरोको मौकाको फाइदा उठाउँदै ती नकाबधारीले हरिप्रकाशको एक तले घरको पछाडीबाट ढोका फोडेर भित्र पसे र परिवारका सबै सदस्यलाई बन्धक बनाएर तीन तोला सुन, ३० हजार रुपैयाँ नगद र एउटा मोटरसाइकल लुटेर कुलेलाम ठोके ।
डाँका समूहले तीन तोला सुन, ३० हजार रुपैयाँ नगद र एउटा मोटरसाइकल लुटेर भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार हतियारसहित पुगेको डाँका समूहले सोमबार राती साढे १ बजेतिर लुटपाट गरेको हो । उक्त समुह घर पछाडीको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो ।
पीडित सुनारले प्रहरीलाई दिएको जानकारी अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात र खुट्टा बाँधेर कन्चटमा पेस्तोल ताकेको थियो । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए ।
‘त्यस लगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे,’ पीडितलाई उदृत गर्दै प्रहरीले भन्यो, ‘दराज र पलङको बक्स फुटाएर ३ तोला सुन, ३ वटा मोबाइल, मोटरसाइकल र पैसा लगेर हामीलाई थुनेर भागे ।’ बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समयपछि गुहार मागेपछि छिमेकीहरू त्यहाँ पुगेका थिए ।
अपराधमा साना हतियार प्रयोग
बाँके प्रहरीको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको विगविगी भएको देखाउँछ । लुटपाट, हत्या, बन्धक, धम्की लगायतका घटनामा यस्ता साना हातहतियार बढि प्रयोग हुने गर्छ । बोक्न, लुकाउन सहज हुने भएकाले पनि यस्ता हतियार अपराधमा बढि प्रयोग हुन्छ ।
बाँके प्रहरीको पछिल्लो ६ महिनाको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको त्रास कायमै रहेको देखाउँछ । बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ५ थान बन्दुक बरामद गरिएकोछ ।
वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरि कारबाही गरेकोछ । यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद भएको बाँके प्रहरीले जनाएकोछ ।
यसरी भयो लुटपाट
बाक्लो कुहिरो र चकमन्न रातको मौकाको फाइदा उठाउँदै नकाबधारी ती लुटेरा हरिप्रकाशको घरको पछाडिको ढोकाबाट भित्र पसे । उनीहरुले घरको उक्त ढोकोको माथि रहेको ‘रोसनदान’को जाली च्यातेर बाहिरबाट ढोकाको भित्रबाट लगाएको ‘लक’ खोले । उक्त ‘लक’ खोलेपछि ढोका उघारेर उनीहरु भित्र पसे ।
घरभित्र पसेका नकाबधारी लुटेरा पहिले हरिप्रकाशको छोरा भएको कोठामा पुगे । उनीहरुले हरिप्रकाशका छोरालाई बन्दुक ताकेर आफूलाई ज्वोरो आएको भन्न लगाई बुवाआमाको कोठा खोल्न लगाए । छोरालाई ढोका खोल्न लगाएपछि हरिप्रकाशले आफ्नो कोठाको ढोका खोल्नेवित्तिकै हतियार देखाएर हरिप्रकाश र उनको श्रीमतीलाई नियन्त्रणमा लिए ।
परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएका नकाबधारीले हल्ला नगर्न र आफूहरुले भनेको नमाने सबैजनालाई मारिदिने धम्कि दिदैँ सुनचाँदी पसलबाट ल्याएको ब्याग र घरमा रहेको सबै धनसम्पति निकाल्न निर्देशन दिदै हरिप्रकाशका छोरालाई फिल्मी शैलीमा बन्दुक तेस्र्याए ।
रातको समय घरभित्रै हतियारसहित लुटेरासमुह प्रवेश गरेको डरका अगाडी हरिप्रकाशको केही लागेन । उनीहरुले दराज, पलङ बक्स फुटाउँदै तीन तोला सुन, ३ वटा मोबाइल, पसलबाट ल्याएको नगद ३० हजार र मोटरसाईकल लुटे ।
लुटेरा समुहले अरु धनसम्पत्ति निकाल्न भनेपछि हरिप्रकाशले आफूसंग भएको सबै धनसम्पत्ति यती हो अरु छैन भन्दा उनीहरुको ध्यान खजुार १ नम्बरमा रहेको हरिप्रकाशको सुन पसलमा गयो । उनीहरुले पसलको चापी, सुनचाँदी र नगद राखेको लकरको चापी मागे । त्रसित बनेका हरिप्रकाशले लुटेराहरुले भने झैं चापी दिए । एकघण्टासम्म घरभित्रै रहेका ती लुटेराहरुले अन्ततः पसलको चापी त्यही राखि हरिप्रकाश र उनको परिवारलाई एउटै कोठामा थुनेर भागे ।
हरिप्रकाशको मोटरसाईकल लुटेर जाँदैगर्दा उनीहरुले यो घटना अरुलाई भनेमा पछि आएर गोली हानेर हत्या गर्ने धम्की समेत दिएको हरिप्रकाशले बताए । लुटेराले लुटपाट मच्चाएको करिब आधा घण्टापछि हरिप्रकाशले गुहार माग्दा छिमेकीले उद्धार गरेका थिए ।
हरिप्रकाशका अनुसार लुटपाटमा आएका ब्यक्तिहरुले तेरो नजिकको मान्छेले धेरै धनसम्पत्ति भएको सूचना दिए तर, त्यो अनुसार पाएनौं । हामीलाई गलत सूचना दिनेलाई पनि नछाड्ने भन्दै उनीहरु निस्किएका थिए । लुटपाटका क्रममा लुटेराले नेपाली भाषा बोलेपनि बोल्ने शैलीमा अवधि र हिन्दी लवज रहेको पीडित हरिप्रकाशले बताए ।
थप समाचार
१८ वर्षिया किशोरीलाई अपहरण गरि बलात्कार गर्ने युवा प्रहरी नियन्त्रणमा
बाघ मार्चपास गर्ने बाँकेको पूर्वपश्चिम राजमार्गमा लुटेरा समुह सक्रिय, प्रहरीद्वारा ६ जना पक्राउ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय