नेपालका नेताहरुलाई धम्की दिएका छैनौं : अमेरिका


नेपालका नेताहरुलाई धम्की दिएका छैनौं : अमेरिका

नेपालगन्ज २ फागुन : मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन गर्नका लागि नेपाली नेताहरुलाई कुनै धम्की नदिएको नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले बताएका छन् ।

सोमबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ¥यान्डीले भने ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनैं ।’

सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी अनुमोदन गर्नेबारे नेपाललाई आफ्नो प्रतिबद्धताको पालना गर्न मात्रै आग्रह गरेको दावि गर्दै ¥यान्डीले यस्तो बताएका हुन् ।

राजदूत ¥यान्डीले अगाडी थपे–‘हामी नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरिरहेका छौं । एमसीसीलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रको हैसियतमा नेपालले मात्रै निर्णय गर्ने हो ।’
उनले यो सम्झौता नेपाल–अमेरिकाबीचको सात दशक लामो द्विपक्षीय सम्बन्धभन्दामाथि रहेको समेत स्पष्ट पारे । ‘यो वर्ष नेपाल–अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष हो । यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं र देश विकास, विपद् प्रतिकार्य र पूर्वतयारी, स्वास्थ्य र शिक्षालगायतमा सहयोग गरेका छौं,’उनले भने, ‘त्यसैले अमेरिका र नेपालबीचको सम्बन्ध यो सम्झौताभन्दा माथि छ ।’

Kanti Aarogya Hospital Nepalgunj

एमसीसी सम्झौताको विषयलाई लिएर यतिबेला नेपालको राजनीतिमात्र होइन, सत्तागठबन्धन समेत विभाजित अवस्थामा छ । एमसीसी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएलगत्तै एमसीसी मुख्यालयले सम्झौता अनुमोदन गर्न फागुन १६ सम्मको समयसीमा रहेको सम्झाएको पत्र पनि सार्वजनिक भएको थियो ।

त्यसपछि अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै टेलिफोन गरेका थिए । त्यसक्रममा उनले एमसीसी सम्झौता अनुमोदन नभए नेपाल र अमेरिकाबीचको सम्बन्धमा पुनरावलोकन हुनसक्ने बताएको भन्दै ओली र प्रचण्डनिकट नेताहरुले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका थिए ।