नेपालगन्ज ७ फागुन : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने नबढाइएको जनाएको छ ।